अध्यादेशबाटै भए पनि नागरिकता समस्या समाधान हुन्छ :मन्त्री रिजाल

  • कार्तिक १५, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली । अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रक्षामन्त्री डा. मिनेन्द्र प्रसाद रिजालले बताएका छन् ।

कांग्रेसको रंगेली नगर समितीले आयोजना गरेको एक कार्यक्रममा नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले नागरिकता नभएकै कारण कतिपय नागरिकले सरकारी सेवा सुविधा लिन समेत पाएका छैनन् ।’ कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

मन्त्री रिजालले भने कार्तिक महिनामा आएको बाढीका कारण धानबालीमा क्षति पुगेका किसानलाई सरकारले क्षतिपुर्तिको ब्यवस्था गरेको र एक बिगाहा भन्दा कम खेती भएका किसानलाई प्रति विगाहा ८६ हजार लागत मूल्य तोकेर त्यसको ६५ प्रतिशत क्षतिपुर्ति उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, मोरङ सभापति डिगबहादुर लिम्बू, मोरङ सचिव मोदराज घिमिरे युवा नेता सन्जिव श्रेष्ठ, अबिषेक अधिकारी, नरेश साह दलित का जिल्ला सचिव शत्रुधन रजक लगायत का समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका १ सय ३० जना युवालाई प्रमुख अतिथिले स्वागत गरेका थिए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved