रामधुनी शिक्षक आन्दोलन: तिहार अघिनै तलब पाउने

  • कार्तिक १०, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ ।

तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि बाध्य भएर शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए ।

नगरपालीकाको तर्फबाट उपमेयर सविना कुमारी चौधरी र बिभिन्न पेशागत शिक्षक संगठनहरू बिच मंगलबार सम्पन्न बार्ताले तिहार अघि नै सबै शिक्षकहरूको तलब भत्ता दिने आश्वासन पछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन ।

दशै कष्टकर रूपमा बिताए पनि तिहार र छैठमा शिक्षकहरूलाइ रित्तो नबनाउने प्रतिवद्धता पछि आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरिएको रामधुनी ३ सिंगिया स्थित जनता माविका प्रधानाध्यापक तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन रामधुनीका अध्यक्ष धनिकलाल मेहताले बताए । बार्तामा नेपाल राष्ट्रिय शिक्षक संगठन रामधुनी, नेपाल शिक्षक संघ रामधुनी, नेपाल राहत शिक्षक समिति रामधुनीका अध्यक्ष तथा प्रतिनिधि, विद्यालय कर्मचारी युनियन रामधुनीका अध्यक्ष एवम अन्य पेसागत शिक्षक संगठनमा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि रामधुनीका २७ सामुदायिक बिद्यालयहरू ठप्प रहदै आएका थिए ।

यता नगरपालीकामा कर्मचारी अभावका कारण आर्थिक कारोबारको सबै काम ठप्प बनेको उपमेयर सविना कुमारी चौधरीले बताइन । दसैँअघि नै नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेको अन्यत्रै सरूवा भएको र उनको स्थानमा अर्काे अधिकृत नआएको कारण आर्थिक कारोबारका सबै कामहरू ठप्प बनेको उपमेयर चौधरीको भनाइ छ ।
अधिकृत सँगै लेखा शाखामा पनि प्राविधक कर्मचारी नहुँदा बिकाश निर्माण देखि आयोजना भुक्तानीका सबै कामहरू अहिले प्रभावित भइरहेका नगरपालीकाकी उपप्रमुख चौधरी बताउँछिन । नयाँ प्रसाशकिय अधिकृत आउना साथ शिक्षक लगायत कर्मचारीहरूको तलब बितरण गरिने र सबै आर्थिक कारोबारहरू सुचारू हुने उपमेयर चौधरीले बताइन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved