धरान\ कवि तथा गजलकार कुमार प्रधान कल्पितले धरान-९ को पुतली लाइनमा फेन्सी पसल सुरु गरेका छन् ।
अग्रज कवि बम देवानले सोमबार रिबन काटेर पसल उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा केही दिनसम्म ३० प्रतिशतसम्म छुटको सुविधा दिइने सञ्चालक कुमारले जनाए । पसलमा पुरुषका फेसनेबल कपडा र जुत्ताहरू उपलब्ध छन् ।
डी(वेब फेसन वेयरको उद्घाटन कार्यक्रममा धरानका चर्चित युवाकविहरू सुदीप पाख्रीन, सन्तोष थेवे, इन्दु योन्जन, करुणा राईका साथै धरान(१३ का वडाध्यक्ष नेत्र काफ्ले र अर्का कवि गोपाल श्रेष्ठ पनि उपस्थित थिए ।