१८ वर्षीया किशोरी कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • असोज ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ । धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् ।

विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी मेडिकल विषयकी विद्यार्थी हुन् । वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्, “देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ । मेरो पारिवारिक वातावरण पनि राजनीति नै छ ।” उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीति क्षेत्रमा आबद्ध रहेको सुनाइन् ।

सर्वसम्मत निर्वाचित भएकी यादवले कांग्रेसमा नयाँ पुस्ताको सहभागिताका लागि भूमिका खेल्ने बताइन् । यादवले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाउने योजना सुनाइन् । राजनीतिलाई सेवाका रुपमा नलिएसम्म देशको विकास नहुने उनको विचार छ । “अहिले राजनीतिलाई सेवाभन्दा पनि पेशाका रुपमा लिने गरिएको छ,” यादवले भनिन्, “त्यही भएर पनि राजनीतिमा विकृति बढ्दै गएको छ ।” यसैबीच, हरिनारायण यादवको नेतृत्वमा विराटनगर–१२ मा नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनमार्फत यादवसहित पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved