पाथीभरा जबलिंकद्वारा जागीर खानेको ७ लाखको निःशुल्क बिमा

  • भदौ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ पाथीभरा जब लिंकद्वारा जागीर खानेको ७ लाखको निशुल्क बिमा धरान । पाथीभरा जब लिंक इटहरी मार्फत जागिर खानेहरुका लागि कम्पनीले निशुल्क दुर्घटना गरिदिने भएको छ ।

जब लिंक र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँ बीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंक मार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ ।

बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अंगभंग भएमा बीमाङ्क बापतको ४० प्रतिशत रकम हस्तान्तरण गर्नेगरी सम्झौता भएको अधिकारीले बताए । उनका अनुसार जागिर खान आउने जो कोहीको पनि एक वर्षको बीमा गरिनेछ । पछिल्लो समय बीमाप्रति मानिसको रुचि बढ्दै गएका कारण पनि दुर्घटना बीमा गरिएको उनले बताए ।

इन्स्योरेन्सका सिईओ खत्रीले जब लिंकमार्फत दुर्घटना बीमाको काम गर्न पाउनु आफूहरूका लागि सकारात्मक रहेको बताए । सम्झौता हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख, इटहरी शाखा प्रमुख लगायतको उपस्थिति थियो ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved