धरान/ जथाभावि पार्किङ हुने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारीको चापलाई मध्यनजर गरी छुट्टै पार्किङको व्यवस्था गरेसंगै प्रतिष्ठानमा आएका सेवाग्राहीले सुविधाको महशुष गरेका छन् ।
विगतमा जथाभावि पार्किङ हुदा सवारीको चाप थेग्न नसक्ने मात्र हैन पार्किङमा राखिएका सवारी साधन चोरी हुन थालेपछि प्रतिष्ठानले छुट्टै पार्किङको व्यवस्था गरेको हो । प्रतिष्ठानमा नेपालबाट मात्र हैन भारतबाट समेत उपचारका लागि सर्वसाधारण आउने गरेका छन् । सवारी साधन लिएर आउने उनीहरुलाई पार्किङको समस्या त छदैथियो, सवारी साधन हराउने पीर उत्तिकै हुन्थ्यो । विगत एक बर्ष भन्दा अगाडिदेखि प्रतिष्ठानले छुट्टै खाली जग्गामा मोटरसाइकल, ट्याक्सी लगायतका सवारी साधनको पार्किङको व्यवस्था गरेपछि भने उपचारका लागि आएका सर्वसाधारणले राहतको सास फेरेका छन् ।
सुनसरी प्रकाशपुरका राजेन्द्र रौनियारले उपचारमा आएका सर्वसाधारणका लागि छुट्टै पार्किङको व्यवस्था प्रतिष्ठानले गरिदिँदा विगतमा जस्तो सवारी साधन चोरी हुने त्रास नभएको र निश्चिन्त भएर पार्किङ गर्न पाएको बताए । उनले पार्किङमा राखिएका सवारी साधनको पार्किङ गर्दा टोकनको व्यवस्था गरिदिए अझ सहज हुने बताए । उनले भने, ‘पार्किङको व्यवस्थापन गरेर बीपीले राम्रो काम गरेको् छ, अझै धेरै कुरा गर्न बाँकी छ ।’
विगतमा प्रतिष्ठान हाताभित्र निश्चित पार्किङ गर्ने स्थान नहुँदा मोटरसाइकल हराउने चिन्ता भएको धरान १३ का दुर्गा लिम्बु पनि बताउँछन् । उनले भने, ‘सर्वसाधारणका लागि छुट्टै पार्किङको व्यवस्था हुँदा हराउने चिन्ता भने नहुने भयोे । अब भने ढु्क्क छ । ’
प्रतिष्ठानले बढी भिडभाड हुने स्थानमा सवारी साधन पार्किङमा निषेध गरेको छ भने चिकित्सक तथा कार्यरत कर्मचारीका लागि जिओपिडी अगाडि पार्किङ गर्ने व्यवस्था मिलाएको छ । दैनिक सयौको संख्यामा पार्किङ गर्नुपर्ने विशेष गरी रातको समयमा सवारी साधन बढी हराउने गरेको थियो । पार्किङलाई व्यवस्थित गर्दै २४ सै घण्टा सुरक्षाकर्मी खटाउने गरिएको सुरक्षाको जिम्मा पाएको भिआइपी सेक्युरिटी सर्भिस प्रालिका इन्चार्ज टेक लोहनी बताउँछन् । उनले भने, ‘सर्वसाधारणको सहजता दिदै सुरक्षाको महशुष अहिले गर्न थालेका छन् ।’ सर्वसाधारणको लागि छुट्टै पार्किङको व्यवस्था गरेसंगै सर्वसाधारणको सवारी साधन हराउन छाडेका छन् । यसले उपचारमा आएका सर्वसाधारणलाई राहत मिलेको छ ।
विगतमा मोवाइल, पैसा लगायतका सामाग्री हराएर हैरान भएका विरामी तथा विरामीका आफन्तहरु इलाका प्रहरी कार्यालय मार्फत प्रतिष्ठानको आकस्मिक कक्ष परिषरमा निर्माण भएको प्रहरी पोेष्टले सुरक्षाको दृष्टिले अझ प्रभावकारी भएको बताउँछन् ।
आकस्मिक कक्षमा विरामी लिएर आएकाहरु मात्र होइन प्रतिष्ठानको विभिन्न डिपार्टमा उपचार गराउनेहरु पनि निश्चित भएका छन् । प्रतिष्ठान प्रहरी पोष्टका इन्चार्ज दुर्गा पराजुलीले विरामी तथा विरामीको सुरक्षा तथा सेवामा भरपुर रुपमा सहयोग पु¥याएको बताए । उनले भने, ‘यो पोष्ट विरामी तथा विरामीका आफन्तको सुरक्षाकै निम्ति यहा सञ्चालन गरिएको हो, उनीहरुको अपेक्षा बमोजिम सक्दो काम गरिरहेका छौं ।’