मन्त्री कार्कीको पहलमा दोबानमा बन्यो पुल

  • भदौ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ नेपाल सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री एव् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा वराहक्षेत्र ८ को दोबान स्थित सुनसरी खोलामा पुल निर्माण भएको छ ।

स्थानीयवासीको आग्रहमा नेपाली कांग्रेसका नेता शंकर बस्नेतको सक्रियतामा मन्त्री कार्कीको पहलमा स्वीजरल्याण्ड दुतावासको आर्थिक सहयोगमा संघिय योजना मार्फत पुल निर्माण भएको हो । ४८ मिटर लम्बाई र १ सय ५० सेमिको चौडाईमा करिब ४१ लाख रुपैयाको लागतमा पुल निर्माण भएको हो ।

पुल उपभोक्ता समिति मार्फत परिवर्तन नेपालको प्राबिधिक र सामाजिक समन्वयमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले बताए । शंकर बस्नेतलाई परिवर्तन नेपाल इटहरीका अध्यक्ष बलबहादुर बस्नेतले सहयोग गरेका थिए ।

कुल लागतको ९२ प्रतिशत संघिय सरकार, ६ प्रतिशत स्थानीय सरकार र २ प्रतिशत स्थानीय उपभोक्ताको साझेदारीमा पुल निर्माण भएको हो । वराहक्षेत्र ८ को दोबार र रामधुनि ४ को इक्राई जोड्ने सुनसरी खोलामा पुल बने पछि स्थानीहरुलाई आवतजावत गर्न सहज भएको छ । स्थानीयले उत्पादन गरेको कृषिजन्य वस्तु ढुवानी गर्न सुबिधा भए पछि स्थानीयले सहज महशुष गरेका छन् । बर्षौ देखि काठको पुल मार्फत यात्रा गर्न बाध्य स्थानीयहरुले पुल बने पछि सुरक्षित महशुष समेत गरेका छन् ।
नवनिर्मित पुलको उद्घाटन मन्त्रीले कार्कीले शनिवार गरेका छन् ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved