गोर्खालीको सम्मानमा गोर्खा वाच धरानमा

  • भदौ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ बेलायतमा गोर्खालीहरुले सेवा गरेको २ सय वर्ष पुगेको सम्मानमा उत्पादन गरिएको गोर्खा वाच धरानमै पाउन थालेको छ । गोर्खालीहरुको त्याग र साहसको सम्मानमा बेलायतमा २ सय वटा मात्रै उत्पादन गरिएको थियो ।

गोर्खा वाचको माग नेपाली बजारमा पनि अत्याधिन हुन थाले पछि यसको बजारीकरण भए सँगै धरानमा पनि कुमार एण्ड सन्स ग्रुपले धरानमा भित्राएको छ । गोर्खा ब्राण्ड अन्तर्गतका घडीका साथै विभिन्न सामग्रीहरु उपलब्ध हुने गरि कुमार एण्ड सन्स इम्पोरियम सोमबार देखि संचालनमा आएको हो ।

युवा व्यवसायी सुमन कुमार श्रेष्ठले ५० लाख रुपैयाको लगानीमा धरान १० स्थित पुतली लाईनमा संचालनमा ल्याएका हुन् । लाहुरेको शहरको रुपमा परिचित धरानमा गोर्खालीहरुको पहिचान जिवन्त राख्न कुमार एण्ड सन्स इम्पोरियमले गोर्खा वाचको ब्राण्डलाई धरान भित्राएको संचालक श्रेष्ठले बताए ।

इम्पोरियममा गोर्खा ब्राण्ड अन्तर्गत बालबालिका, महिला र पुरुषको डिजिटल, स्मार्ट र एनालग घडीहरु पाइने श्रेष्ठले जानकारी दिए । साथै गोर्खा ब्राण्डकै लेदरका सामग्री, चस्मा, भित्ते घडी, ब्याग, ब्राण्डेट कपडा, टाईपिन, कफ्लीङक, कलाकृतिहरु सहित गोर्खा ब्राण्डका खुकुरीका आइटमहरु पनि पाइनेछ ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved