प्रतिष्ठानको अराजकता हटाउन राप्रपाको माग

  • भदौ १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञानभित्र रहेको वेथितिलाई चाडो समाधान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले आग्रह गरेको छ । पार्टीले एक विज्ञप्ती प्रकाशित गरी प्रतिष्ठानभित्र भएको बेथितिको अन्त्य गदेै लामो समयदेखि पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी खोलेर निकास दिनुपर्ने जनाएको छ ।

पार्टीका नगर समिति अध्यक्ष नवीन पराजुलीद्वारा ह्स्ताक्षरित विज्ञप्तीमा धरानको गौरव भनेको अहिले एक मात्र बीपी प्रतिष्ठान भएकोले यसको शाख गिरेमा धरान मृत सहरको रुपमा परिणत हुने सम्भावना बढेर गएको जनाएको छ । धरानमात्र हैन प्रदेश नं. १ कै गौरवको स्वास्थ्य संस्था प्रतिष्ठानलाई संरक्षण गरेर मृत शहरको रूपमा परिणत हुन लागेको धरानलाई जोगाउनुपर्ने बताएका छन् ।

उनीहरुले पदाधिकारीहरुले पनि प्रतिष्ठान सञ्चालनमा सहज वातावरणको अवस्था सिर्जना गर्नुका साथै आन्दोलनरतपक्षले पनि पदाधिकारीहरुले लगाएको ताला खोलेर काम गर्ने वातावरण मिलाउनुपर्ने बताएको छ ।

उनीहरुले पदाधिकारीको बचाउ गर्दै राप्रपाले प्रतिष्ठानका प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी लगाएर काम गर्नबाट वञ्चित गराएको आरोप लगाएको छ । प्रतिष्ठानलाई अराजककता जोगाउन सबै पक्ष लाग्नुपर्नेमा पनि राप्रपाले जोड दिएको छ ।

 

rpp-1 rpp2

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved