सामुदायिक वनको माछा चोरी गर्ने पदाधिकारी पक्राउ

  • भदौ ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा समुहले संचालन गरेको माछापोखरीबाट माछा चोरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको जनजागृति सामुदायिक वन उपभोक्ता समूहको माछापोखरीबाट भदौ १ गते माछा चोरी गर्दै गरेको अवश्थामा समुहका सदस्यहरुले पक्राउ गरेका थिए ।

वन उपभोक्ता समूहका अनुगमन सदस्य समेत रहेका पहल वहादुर कार्की ( गोविन्द ) को नेतृत्वमा वनको साधारण सदस्य खड्ग वहादुर खड्का र लिसिगँ माझीले माछा चोरी गर्दै गरेको अवश्थामा पक्राउ परेका हुन् । उनीहरुले कालिन्द्र सामुदायिक वन उपभोक्ता समूह बराहक्षेत्र वार्ड नम्बर ३ का अध्यक्ष रेम्बो लिम्बू सँग माछा मार्नका लागि महाजाल मागेका थिए । समुहले महाजाललाई जफत गरेको छ ।

पक्राउ परेका तिनै जनाले माछा चोरी गरेको बयान दिए पछि समुहले बुधबार बैठक बसि चोरीका नाइके कार्कीलाई अनियमितता गरेको आरोपमा अनुगमन सदस्यबाट बर्खास्त गर्नुका साथै नगद ५ हजार ५१ रुपैयाँ जरिवाना गराएको छ । सहयोगी दुई जना सदस्य खड्कालाई ३ हजार ५१ रुपैया र अर्का साधारण सदस्य लिसिगँ माझीलाई २ हजार ५१ रुपैयाँ जरिवाना गरेको समुहकी सचिव विमला दाहालले बताइन् ।

स्थानीयहरुले समितिका जिम्मेवारी व्यक्तिहरुकै मिलोमतोमा चोरी हुन माफि दिन नसकिने अपराध भएको उपभोक्ताहरु बताउँछन् । अपराध गर्नेहरुलाई कार्वाही भन्दा नि संरक्षण गर्न तर्फ समिति अग्रसर देखिएको प्रष्ट भएको भएको उपभोक्ताहरुको भनाई छ । उनीहरु भन्छन्, ‘चोरी गर्नेहरु बैठकमा ठाडो शिर लगाएर बोलेको देख्दा यो सरासर मिलोमतो भएको देखिन्छ, फेरि तिनजनालाई फरक फरक जरिवाना लगाएको छ, तिनैजनालाई समान तरिकाले जरिवाना लगाउनु पर्याे ।’ चोरीमा संलग्न तिनै जनाले गरेको हो भने समान जरिवाना गरिनु पर्ने भन्दै समिति पदाधिकारीले हल बाहिर नारावाजी गरेको थिए ।

यता जनजागृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पर्शुराम काफ्लेले समितीलाई कुनै जानकारीनै नदिई माछापोखरीबाट माछा निकालेको बताए । वनका हेरालुहरुले रंगेहात पक्राउ गरिसकेपछि मात्रै जानकारी पाएको उनले बताए । उनले भने, ‘चोरी गर्नेहरुलाई समितिको निर्णय अनुसार कार्वाही गरि सकेको छौँ, उनीहरुले भदौ २ देखि ९ गते भित्र जरिवाना रकम समितिलाई बुझाएन भने समितिले कडा कार्वाही गर्ने समेत निर्णय गरेको बताए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved