दुर्गाप्रसादको उपचार थालियो

  • भदौ ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम/ लामो समय भारतीय जेल जीवन विताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार थालिएको छ ।

इलामको माइ नगरपालिका १० लुम्बकका तिम्सिनालाई माई नगरपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगेको हो ।

दुर्गाप्रसादको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले विराटनगर स्थित मानव सेवा आश्रममा केही दिन राखी मनोचिकित्सक मार्फत उपचार गरिने मानव अधिकार मञ्चका निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने उनले जनाए ।

पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका थिए । परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको छ । उनी मानसिक बिरामी झैँ देखिएका छन् ।

नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाहा नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेको भतिज गोपाल तिम्सिनाले बताए । मानसिक रुपमा विक्षिप्त बनेका उनी गत आइतबार घरबाट हराएका थिए । करिब ८ घन्टापछि प्रहरीको सहयोगमा उनलाई मेची राजमार्गको जौवारीमा फेला पारिएको थियो ।

दुर्गाप्रसादको उपचार, खाना र यातायात खर्च बापत थप ५० हजार माई नगरपालिले प्रदान गरेको नगर प्रमुख दीपक थेवेले बताए । यसअघि गत बैशाखमा माई नगरपालिकाले उपचार र यातायात खर्च बापत ६७ हजार रुपैयाँ प्रदान गरेको थियो । उनलाई गत वैशाखमा विराटनगर स्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो ।
थप उपचारपछि दुर्गाप्रसादको अवस्थामा सुधार आउने अपेक्षा राखिएको गोपालले बताए ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved