फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न माग

  • भदौ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / अघिल्लो सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोगलाई वर्तमान सरकारले विघटन गरे पछि फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गरिनु पर्ने नेपाल बसोबास बस्ती संरक्षण समाजले माग गरेको छ ।

तत्काल लालपुर्जाको काम थाल्न ध्यानाकर्षण गराउँदै मंगलबार देखि शुरु भएको अभियान अनुसार बुधबार प्रधानमन्त्री शेर बहादुर देउवा र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । त्यसैगरी टोलीले गृहमन्त्री बालकृष्ण खाँडलाई पनि फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।

समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की सहितको टोलिले सुकुम्बारीको नाममा राजनिति गर्ने गलत संस्कारबाट आयोग बन्ने तर काम नगर्ने प्रथाको अन्त्य गरी स्थानीय तहको सिफारिसमा नापी कार्यालयबाट जग्गा नाप्ने र मालपोत कार्यालय मार्फत फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्ने निति बनाइ आगामी निर्वाचन आगावै सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्न माग गरेको छ । मंगलबार देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा पनि ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यसै गरि पुर्व आयोगले बाडेका अस्थाई पुर्जालाई तत्काल स्थाई गर्दै भुमिहिन सुकुम्बासी अव्यवस्थित किसानलाई खेती योग्य जमीन जोतपोतको आधारमा भोग गरे जति वा कम्तीमा १० कट्ठा र सुगम क्षेत्रमा आवासका लागि २ सय वर्गमिटर वा सो भन्दा माथि पुर्ण स्वामित्व कायम हुने गरी विगत आयोग भरेको फाराम अनुसार वितरण गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्रमा सुकुम्बासी क्षेत्रमा हुने प्राकृतिक प्रकोप नियन्त्रण भौतिक पुर्वाधार निर्माण तथा शिक्षा, स्वास्थ्य, विद्युत, पानी, निशुल्क गरी २० वर्षका लागि २० देखि ५० लाख सम्म निब्र्याजी रुपमा आवास निर्माणका लागि सहायता गर्न, कुनै पनि बहानामा एवं इच्छाएको विकल्प बिना सुकुम्बासी उठिवास गर्ने कार्य सदाका लागि बन्द गरि उठाइएका सुकुम्बासीहरुलाई क्षतिपुर्ति सहित पुनः बास गर्दै विपन्न परिवारलाइ रोजगारको समेत प्रबन्ध गरि सकुम्बासी बस्तीका दक्षजनशक्तिको उच्चतम मुल्यांकन गर्न पनि माग गरेको छ ।
वन गुठी सरकारी जुन सुकै प्रकृतिको जग्गा भए पनि जोखिममुक्त समुदायलाई सिमाना संशोधन गरेर बस्तीवासीको नाममा हक कायम गर्दै असमान भुमि निती खारेज गरी सम्पुर्ण भुमि राष्ट्रियकरण गरि आवश्यक्ता अनुसार वितरण गर्न पनि माग गरेको छ । भेटका क्रममा गृहमन्त्री खाँडले आयोग गठन नगरि समाजले उठाएको माग अनुसार फास्ट ट्रयाकबाटै लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएको केन्दि«य अध्यक्ष कार्कीले बताए ।

उधारो भोट माग्ने प्रथाको अन्त्य गर्दै आगामी निर्वाचन अगावै लालपुर्जा वितरण प्रक्रिया अघि बढ्नु पर्ने केन्द्रिय अध्यक्ष कार्कीले बताए । देशभर करिब १२ लाख घरमा ७० लाख सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासी रहेको र तिनीहरुमध्ये ४० लाख मतदाता रहेको भन्दै कार्कीले लालपुर्जा नपाएसम्म मतदान बहिस्कार गर्ने अभियान पनि चलाउने उनले बताए । सबै राजनीतिक पार्टीको घोषणा पत्रमा सुकुमबासीलाई लालपुर्जा दिइने उल्लेख गरिने भए पनि तिनीहरुको व्यवहारले भोटको राजनीति मात्रै गर्ने गरेको कार्कीको भनाइ छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved