अर्विन एण्ड ब्रदर्शको आफ्नै भवनमा बजाज शोरुम

  • भदौ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समय देखि धरानमा बजाजको मोटरसाइकल बिक्रि गर्दै आएको अर्विन एण्ड ब्रदर्श अटोले आफ्नै जग्गामा बजाज शोरुम संचालन गरेको छ ।
धरान ८ स्थित खहरेखोला छेऊमा जग्गा खरिद गरि ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्ष देखि बजाजको मोटरसाइकल शोरुम भाडाको घरमा संचालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अटोका सञ्चालक अर्विन तामाङले बताए ।

यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भार लगायत पार्टस पनि बिक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ आफ्नै जग्गामा आफ्नै भवन निर्माण गरेका छौं, छुट्टै स्पेयर्स र पाटर््सको शोरुम पनि सञ्चालनमा ल्याउन सफल भएका छौं ।’ नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एक्सेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिइएको सञ्चालक तामाङले बताए ।

मंगलबार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा, महाप्रबन्धक योगेन गुरुङ लगायतको उपस्थितिमा शोरुमको उद्घाटन भएको छ । कम्पनीका निर्देशक गोल्छाले रिवन काटेर दुवै शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रम सञ्चालक लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुरयाउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने निर्देशक गोल्छाले बताए । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको उनको भनाइ छ ।
महाप्रबन्धक योगेन गुरुङले धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए ।

उनले भने, हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ धरानमा यो नयाँ शोरुम विस्तारसँगै, यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved