घरेलु रक्सी ‘ब्राण्डिङ’ गर्न अध्ययन प्रतिवेदन तयार

  • भदौ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ घरेलु रक्सीलाई ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्समले १० जिल्लाका २ सय २९ घरेलु मदिरा उत्पाबदकहरु, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।

सोमबार सामाजिक विकास मन्त्री उषाकला राईलाई समितिका पदाधिकारीले अध्ययन प्रतिवेदन बुझाएका छन् । मन्त्री राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियान चलाएर प्रदेश सरकारको गौरवको योजनाको रुपमा घरेलु रक्सीको ब्रान्डीङमा जोड दिदै आएकी छन् ।

सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले गठन गरेको थियो । प्रदेशमा रहेको श्रोत साधन परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै नै यो अवधारणालाई अघि सारिएको राई बताउँछिन् । उनले भनिन्, “प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्नेछ ।”

गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोप्नेसम्मको तयारी रहेको उनको कथन छ । नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दावी छ । गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुनविज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved