‘शिक्षण प्रणाली विद्यार्थी केन्द्रित हुनेछ’

  • भदौ १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश :

युएन कलेज र नवोदय कलेजबीच के अन्तर्सम्बन्ध छ ?

यी कलेजहरू युएन एजुकेसनल ग्रुपले सञ्चालन गरेका दुई छुट्टाछुट्टै कलेज हुन् । नवोदय कलेज चैँ प्लस टु हो, युनएन कलेज चैँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर तहको अध्यापन गराउने शैक्षिक संस्था हो । ग्रुपले चारवटा शैक्षिक संस्था सञ्चालन गरेको छ । धरान–१६ नम्बर वडाको अन्नपूर्ण चौकमा युएन कलेज, नवोदय कलेज, नवोदय स्कुल र धरान–१० किरात चौकमा युन स्कुल चलाइरहेका छौँ । अहिले एघार कक्षाको भर्ना अभियान चलिरहेको छ ।

कोरोनाको महामारीमा पनि ग्रुपले चारवटा शैक्षिक संस्था चलाएको छ । कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

कोरोनाको कहरमा जटिलताका साथ चलाइरहेका छौँ । समस्यासँग भाग्नु हुँदैन भनेर शैक्षिक सेवालाई निरन्तरता दिइरहेका छौँ । विकल्पका रूपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छौँ । आईटीको प्रयोग गरेर थ्यौरी क्लास चैँ अनलाइन सिस्टमबाट भर्चुअल कक्षा चलाएका छौँ भने साइन्स र होटल म्यानेजमेन्टको प्राक्टिल चैँ भौतिक उपस्थितिमै गराएका छौँ । नेपाल सरकारले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड अपनाएर सानो–सानो ग्रुप बनाएर प्राक्टिल गराइरहेका छौँ ।

अनलाइनबाट प्रभावकारी बनाउन कस्तो प्रणाली छ ?

भौतिक उपस्थितिजस्तो चैँ हुँदैन । केही प्रभाव त परि नै हाल्छ । शुरुको लकडाउनमा पूरै बन्द गरिएको थियो । विद्यार्थी, अभिभावकहरूले पनि केही दिन त हो नि भन्दै चासो दिनुभएन तर पछिल्लो लकडाउनदेखि अभिभावकहरूले पनि चासो दिनुभएको छ । अभिभावकहरूकै चासो बढेकाले विद्यार्थीहरूलाई अनलाइन कक्षामा सहभागी गराएर अध्यापन गराउँदा प्रभावकारी भएको छ । अनलाइन सिस्टमबाट अध्यापन गराइरहेका विश्वको अध्ययन प्रणालीलाई आधार बनाएका छौँ । अन्य मुलुकहरूमा भइरहेको अनलाइन कक्षाको प्रणालीलाई रिसर्च गरेर त्यहीअनुसार प्रभावकारी बनाउन खोजिरहेका छौँ ।

अन्य विद्यालय र कलेजभन्दा फरक सिस्टम के छ ?

हामीले अभिभावकलाई अलिक बढी जिम्मेवार बनाएका छौँ । विद्यार्थीसँगै अभिभावक पनि अनिवार्य बस्नुपर्ने, साप्ताहिक रूपमा शिक्षकले दिएको होमवर्क अभिभावकले विद्यालयसम्म ल्याइदिनुपर्ने व्यवस्था गरेका छौँ । शिक्षकहरूले पनि स्कुलमै बसेर कापी जाँच गर्ने, होमवर्कहरू दिने गरेकाले अलिक बढी प्रभावकारी भएको छ । अभिभावक स्वयम् विद्यार्थीहरूसँगै हुने भएकाले उनीहरूलाई निगरानीमा राखेर पढाउन सहज हुने भएका कारण पनि प्रभावकारी देखिएको छ ।

ग्रुपले सञ्चालन गरेका कलेजहरूले दिएको शैक्षिक सेवा कस्तो छ ?

हामीले सञ्चालन गरेका कलेज, स्कुलबाट उत्पादन भएका विद्यार्थीहरू देश–विदेशमा रोजगारीमा छन् । धेरै विद्यार्थीहरूको उद्देश्य पूरा भएको महसुस भएको छ । धेरै विद्यार्थी बैङ्कर्स, सेफ भएका छन् । हामीले दिएको गुणस्तरीय शैक्षिक सेवा र रोजगारमुखी शिक्षाकै कारण आज हामी पनि स्थापित बन्न सफल भएका छौँ । स्कुल, कलेजले राम्रै नतिजा ल्याइरहेको छ । विद्यार्थीहरूका अतिरिक्त क्रियाकलापहरूमा उनीहरूको प्रतिभालाई बुस्ट गर्ने काममा धेरै अगाडि रहेको छ ।

अहिले कलेजले दिइरहेका शैक्षिक सेवाहरू के छन् ?

युएन कलेजमा ब्याचलर प्रोगामअन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीएस र बीएचएम अध्यापन गराइरहेका छौँ । नवोदय प्लस टु मा चैँ म्यानेजमेन्ट मात्रै थियो । यस वर्षदेखि साइन्स, कम्प्युटर साइन्स र पूmड एन्ड न्युट्रिसियन सञ्चालन गरेका छौँ । दश वर्षदेखिको गुणस्तरीय शिक्षा र रोजगारमुखी शिक्षाकै कारण प्रदेश नम्बर १ मै होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा उत्कृष्ट नतिजा ल्याएका छौँ । यो वर्षबाट साइन्सलाई नयाँ ढङ्गबाट सञ्चालन गर्नेछौँ । अहिलेसम्म धरानलगायत प्रदेश १ मै साइन्स परम्परागत ढङ्गबाट मात्रै पढाइ हुने गरेको छ । जुन उद्देश्यका साथ विद्यार्थीहरू अध्ययन गर्न जान्छन्, त्यो उद्देश्य मिट गर्न सकिरहेका छैनन् । प्लस टु साइन्स पढ्ने, त्यसपछि ब्याचलरमा अर्को विषय छान्नुपर्ने बाध्यतामा छन् । त्यसैले नवोदयमा नयाँ ढङ्गले साइन्स पढाउने लक्ष्य लिएका छौँ । हाम्रो लक्ष्य भनेको प्लस टु मा साइन्स पढेपछि विद्यार्थीहरूलाई चिकित्सा क्षेत्रमा, इन्जिनियरिङ सेक्टरमा तथा महावीर पुनजस्तो वैज्ञानिक बन्नेतर्पm वा नर्सिङमा सफल बनाउने नै हो । त्यसैले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, इन्जिनियरिङ कलेजका प्राध्यापकहरूको टिम बनाइदिएका छौँ । उहाँहरूकै सल्लाहअनुसार विद्यार्थीहरूलाई उत्पादन गर्ने योजना छ । प्लस टुको साइन्स अध्ययनपछि जुनसुकै प्रकारका साइन्ससँग जोडिएका विषयहरूमा अध्ययन गर्न सक्ने बनाउँछौँ । कक्षा ११ को भर्ना चलिरहँदा धरानका धेरै स्कुल टपरहरूले साइन्स पढ्न खोजिरहेका छन् । उनीहरूको क्रेज नवोदयमा छ । चिकित्सक तथा इन्जिनियरको सल्लाहमा अध्यापन गराउने भएकाले उनीहरू भर्नाका लागि आइरहेका छन् ।

नयाँ ढङ्ग भनेको चाहिँ कस्तो हो ?

अहिले चलिरहेको ट्रेन्ड चैँ शिक्षक केन्द्रित छ । हाम्रो चाहना विद्यार्थी केन्द्रित हुनुपर्छ । अध्ययनका लागि विद्यार्थीहरूलाई बढी जिम्मेवार बनाउने छौँ । विद्यार्थीहरू अध्ययनका लागि ७० प्रतिशत इन्भल्भ हुन्छन् । कुनै पनि विषयमा विद्यार्थीहरूलाई प्रोजेक्ट वर्क दिन्छौँ, उनीहरूले किताबमा भएका कुराहरूसँगै बाहिर पनि रिसर्च गरेर प्रोजेक्ट वर्क गर्न सक्छन् । आफ्नो प्रोजेक्ट कम्प्युटरमार्पmत् प्रस्तुत गर्छन् । त्यसले गर्दा एसईई दिएर आएका विद्यार्थीहरू पनि अगाडि आएर बोल्न सक्ने हुन्छन् । आफूले जानेका कुरालाई मजाले प्रस्तुत गर्न सक्ने हुन्छन् । उनीहरूलाइ निःशुल्क बेसिक कम्प्युटरको कक्षा दिइरहेका छौँ । विद्यार्थीहरूलाई बढीभन्दा बढी सम्बन्धित विषय बताएर अध्यापन गर्ने वातावरण तयार हुन्छ । हामीले अरू कलेजभन्दा मिहिन ढङ्गले अध्ययन गराइरहेकै कारण प्रदेश १ मै छोटो अवधिमा यति धेरै छलाङ मार्न सफल भएका छौँ । फ्रेन्डली वातावरण, शैक्षिक वातावरण पनि छ । सबै विद्यार्थीहरूको आ–आफ्नै ट्यालेन्टहरू हुन्छन् । उनीहरूका विभिन्न प्रतिभालाई पहिचान गर्न प्रत्येक वर्ष ट्यालेन्ट प्रतियोगिता गर्छौं । उनीहरूको ट्यालेन्ट पहिचान गरी कुनै पनि प्रतियोगितामा सहभागी गराउन सहयोग गर्छौं ।

यस वर्ष कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिइसक्नुभयो ?

कक्षा–११ मा भर्नाका लागि यही भदौ ३ गते (बिहीबार) प्रवेश परीक्षा लिने तयारी गरेका छौँ । कोभिड–१९ सङ्क्रमणको खतरा यथावत् रहेकाले आधारभूत स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर प्रवेश परीक्षा लिइनेछ । प्रवेश परीक्षा बिहान ९ बजे सुरु हुनेछ । हाम्रो कलेज प्रदेश नम्बर १ का विभिन्न जिल्लाका एसईई टपरहरूको रोजाइमा पर्दै आएको छ । हामीले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएका छौँ ।

un-collage

गुणस्तरीय शिक्षाका लागि कस्तो पूर्वाधार छ ?

भौतिक संरचनाहरू सबै तयार भएका छन् । साइन्स, प्लस टुका लागि सुविधा सम्पन्न सामग्रीहरूसहित ल्याबहरू तयार गरेका छौँ । चिकित्सक र इन्जिनियरहरूको सल्लाहबाट विद्यार्थीहरूको आवश्यकताअनुसार सुविधासहित साइन्स ल्याब, कम्प्युटर ल्याबहरू तयार भएका छन् । अर्को वर्षदेखि साइन्स पढेका विद्यार्थीहरूलाई महावीर पुन, सन्दुक रुइतजस्ता व्यक्तिहरूसँग अन्तक्रिया गराउने उद्देश्य रहेको छ । प्लस टुको अध्ययनदेखि नै उनीहरूले अध्ययन गरेको विषयमा भोलिका दिनको अवस्था, स्कोप कस्तो छ भन्ने कुराहरू जान्न पाउनेछन् ।

दश वर्षको अवधिमा ग्रुपमा आबद्ध शैक्षिक संस्थाहरूले ल्याएको रिजल्टको अनुपात कस्तो छ ?

रिजल्ट अनुपात एकदमै राम्रो छ । प्रदेशकै टप बन्न सफल भएको छ । हामी होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा निरन्तर प्रदेशकै नम्बर वान भइरहेका छौँ । बीएचएममा स्थापना कालदेखि नै प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौँ । प्रदेशको पहिलो, दोस्रो र तेस्रो हाम्रै विद्यार्थीहरू भइरहेका छन् । प्रदेश टप गर्ने विद्यार्थीलाई नगदसहित सम्मान र प्रोत्साहन गरिरहेका छौँ । बीबीएसमा पनि प्रदेश टप नै भएका छन् । विद्यार्थी कञ्चन सुवेदी टीयूकै सेकेन्ड टप भएकी थिइन् । हाम्रा विद्यार्थीहरू धरानका विभिन्न बैङ्कहरूमा रोजगारीमा छन् । धेरै विद्यार्थीहरू स्टार तहका होटलहरूमा रोजगारीमा छन् । हाम्रा कलेजहरूले दिने रिजल्ट अझै उत्कृष्ट बनाउने छौँ । जसरी होटल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कलेजलाई ब्रान्ड बनायौँ, त्यसरी नै साइन्समा पनि ब्रान्ड बनाउने उद्देश्यका साथ लागिरहेका छौँ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved