धरान\ विजयपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले शनिवार स होटल धरान किचनमा सम्पन्न गरेको हो । साधारणसभामा अध्यक्ष नविन सुब्बा मेन्याइ्ंवोले प्रगति तथा कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक समिति सदस्य नविन पराजुलीले गरेका थिए ।
कार्यक्रममा निर्मल याक्थुम्बाले आ.व. ०७८÷७९ को आर्थिक प्रतिवेदन पेश गरेका थिए । याक्थुङबाले प्रस्तुत प्रतिवेदनमा कोविड र लकडाउनका वावजुत पनि यसवर्ष संस्था मुनाफामा गएको बताएका थिए । उनले मुनाको विभिन्न कोषहरुमा डिभिजन गरी सेयर लाभांसमा ४५ प्रतिशत र कर्मचारि वोनसमा १० प्रतिशत वितरण गरेको बताए ।
साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेश ईवारमले गरेका थिए । उनले यस्तो विषम परिस्थतिमा पनि संस्र्था नाफामा गएकोमा बधाई दिएका थिए । कार्यक्रममा उत्कृष्ठ ऋणी , उत्कृष्ठ बचत कर्ता तथा स्कुलमा ८५.५ प्रतिशत ल्याई प्रथम हुनु हुने वालिकालाई पनि सम्मान संस्था गरेको थियो । कार्यक्रमको सञ्चालन प्रनिता लिम्बले गरेकी थिइन् ।