मोरङ/ जंगलमा पाइने निगुरो पछिल्लो समय निम्न आय आर्जन हुनेहरुलाई गतिलो आम्दानीको स्रोत बनेको छ ।
तरकारीको रुपमा प्रयोग गरिने निगुरो विगतमा जंगलमा आफै उम्रने अहिले सर्वसाधारणले खेतीकै रुपमा प्रयोग गरेर गतिलो आय आर्जनको माध्याम बनाएका छन् । अहिले मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका सर्वसाधारण निगुरो खेती गर्दै बजारमा लगेर विक्री गरेर गुजारा चलाउने गरेका छन् ।
उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जङ्गलमा दिनहु निगुरोको टिपेर विक्री गर्ने सर्वसाधारण प्रसस्त पाइन्छ । मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रूपमा उम्रिने निगुरो यस क्षेत्रका निम्नवर्गका मानिसका लागि आयस्रोतको बन्ने गरेकै कारण उनीहरु यसतर्फ आकर्षित बनेका हुन् । एकाबिहानै जङ्गल प्रवेश गर्ने उनीहरू दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो सङ्कलन गर्छन् ।
मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विकले निगुरो विक्रीबाट आफ्नो परिवारको गुजारा चलेको बताइन् । उनले भनिन्, ‘म दैनिक छिमेकी महिलासग निगुरो संकलन गर्न जान्छु् ।
निगुरो टिपेर विक्री गरेको पैसाले घर चलाउछु यस्तै भनाई मधुमल्ला टाडीकी देविका दर्जीको छ । उनी पनि दैनिक महिलाको समूह बनाएर डुम्रेको यो जङ्गलमा निगुरो सङ्कलन गर्न जाने गरेको बताउछिन् । उनी भन्छिन्– निगुरो टिपैरै विक्री गरेको रकमले मेरो घर चलेको छ ।
मधुमल्लाको टा“डीबाट निगुरो संकलन गर्न आइपुगेका मनबहादुर रसाइली पेशाले दैनिक ज्यालादारी मजदुरी हुन् । पछिल्लो समय कोरोनाका कारण सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनीसमेत निगुरो टिपेरै दैनिक गुजारा चलाइरहेकी छन् ।
निगुरो टिपेरै सबै खर्च नचल्ने भए पनि भरथेगसम्म हुने गरेको उनको भनाइ छ । जङ्गलबाट सङ्कलन गरिने निगुरो अधिकांश रूपमा गाउ“घरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यसको मुख्य बिक्रीस्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरूले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राख्ने गरेका छन् । पुर्व पश्चिम यातायात गर्ने यात्रुहरुले निगुरो खरिद गरी लान्छन् । पौष्टिक सागको रूपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैया“देखि ३० रुपैया“ मुठासम्म बिक्री हुदै आएको छ ।