विराटनगर/ महेन्द्र मोरङ क्याम्पस विराटनगरले तीन जना प्राध्यापक र दुई जना सम्मान गरेको छ ।
क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा शनिबार आयोजित एक कार्यक्रमबीच उत्कृष्ट काम गरेका उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्राध्यापक घनश्याम श्रीवास्तव विज्ञान संकाय, रामनारायण दास व्यवस्थापन संकया र माधवप्रसाद रेग्मी मानवीकी संकाय छन् । यसैगरी कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरियो । उनीहरुलाई अर्थशास्त्री भेषप्रसाद धमलाले सम्मान गरे ।
प्राध्यापक कर्मचारीमा जिम्मेवारी, कर्तव्य बोध र सकारात्मक उत्प्रेरणा होस भनेर केही वर्षयता क्याम्पसको वार्षिकोत्सवको सन्दर्भ पारेर सम्मानित गर्न शुरु गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए । प्राध्यापक र कर्मचारी छनोट समितिका संयोजक डा. रामावतार शरणले कार्यक्षमता, जिम्मेवारी वहन, कार्यकौशलता र त्रिविविमा काम गरेको १० वर्ष पुगेको अवधिलाई आधार बनाएर पुरस्कृतहरुलाई छनोट गरिएको जानकारी दिए ।
त्यस अवसरमा बोल्ने वक्ताले इतिहास बोकेको महेन्द्र मोरङ क्याप्सनमो साख अझ उँचो बनाउन जरुरी भएको बताए ।