डा. हेमन्तको आध्यात्मिक गितको किताब प्रकाशित

  • साउन ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । २०५३ मा नातिकाजी को स्वर÷संगीत मा मनमा काँडा बिझेपछी बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका डा.हेमन्त खतिवडा को आध्यात्मिक गीतको किताब प्रकाशित भएको छ ।

किताबमा गणेश, विष्णु राम, शिव, दुर्गा, हनुमान, सरस्वती, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवनमृत्युको विषयमा लेखिएको छ । कृतिमा १ सय ६ वटा भजनहरु रहेका छन् । १ सय १५ पृष्ठमा किताब तयार भएको छ । पचास वटा भजन आशा भोस्ले , साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानु लगायत गायक गायिकाहरुले गाएका छन् । क्लासिकल, सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् ।

भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन् । मृत्युलाई पनि उत्सवको रुपमा चित्रण गरेर पनि भजनहरु लेखिएका छन् । जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु पनि छन् । आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरु छन् । यसमा मानिसहरुलाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरु पनि समेटिएका छन् । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रहको मूल्य २ सय रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह गीतकार डा.हेमन्त खतिवडाको पहिलो भजन संग्रह हो ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved