सर्यो यातायात कार्यालय

  • साउन ५, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । लामो समय देखि विवादमा रहेको सवारी चालक अनुमति पत्र वितरण गर्ने कोशी अञ्चल यातायात ब्यवस्था कार्यालयको भवन सरेको छ ।

इटहरीको आँपगाछिमा रहेको कार्यालय मुख्य राजमार्गबाट दक्षिण २ किलोमिटर फराकिलो स्थानमा सरेको हो । यातायात कार्यालय सर्ने बिषयमा सुचना जारी भएको डेढ महिना पछि इटहरी ८ स्थित बिजुलि अफिस आसपास सरेको हो ।

निर्माणाधिन ६ लेन राजमार्ग परियोजनाले पनि ठाउँ खालि गर्न अनुरोध गरेसंगै कार्यालय सर्ने बिषयले चर्चा पाएको थियो । सुचना प्रकाशन अघि नै घर तयार पारेर लाखौ अनियमितता गरेको भन्दै आरोप समेत लाग्दै आएको छ । इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीसँग मिलेर उनकै जग्गामा भवन बनाइ यातायात कार्यालय सारिएको आरोप छ ।

कार्यालयले नियम प्रक्रिया अनुसार नै भवन सारिएको दाबी गरेको छ । कार्यालयका प्रमुख प्रेम प्रसाद सापकोटाले भवन सार्ने बिषयमा बिवाद भएको स्विकार्दै अनियमिता भने कतैबाट नभएको बताए । उनले गत जेठ ११ गते सुचना प्रकाशित गरि यातायातको कार्यालय सर्ने बिषयमा जानकारी सहित टेण्डर आव्हान गरिएको बताए ।

उनले भने, ‘४ वटा टेण्डर परेको थियो, आफ्नै भवन निर्माण हुन अझै डेढ वर्ष लाग्ने र ६ लेन परियोजनाले पनि राजमार्गको ठाउँ खालि गर्न पठाएको पत्रलाइ मध्यनजर गर्दै कार्यालय फराकिलो ठाउँमा सारिएको हो ।’ मुख्य राजमार्गमै रहेकाले पार्किङको समस्या, ट्राफिक व्यवस्थापनमा कठिनाइ, दैनिक दुर्घटनाको जोखिम संगै सेवाग्राहिहरूले बेहोर्नुपरेको झन्झटलाइ हेरेर कार्यालय सारिएको प्रमुख सापकोटाले बताए ।

naya_Yatayat

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved