इस्लामपुरको कल्भर्टमा भारतीय अवरोध

  • साउन ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भारतीय पक्षले विराटनगर महानगरपालिका वडा नम्बर १७ मा कल्भर्ट निर्माण गर्न अवारेध गरेको छ ।
इस्लामपुरमा दसगजा नजिकै नेपालतर्फको सडकमा कल्भर्ट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । वडा नम्बर १७ का वडा अध्यक्ष समीर कमरले भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माण रोकिएको र अघि बढ्न नसकेको बताए ।

भारतीयहरुले दसगजासँगै जोडेर आफ्नोतिर तीनवटा कल्भर्ट बनाएको र फोहोर समेत नेपाली भूमिमा फाल्ने गरेको जानकारी दिंदै उनले भने, “हामीले बनाउन शुरु गरेको कल्भर्टमा भने अवरोध गरेका छन् ।” यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराईएको वडाअध्यक्ष कमरले बताए ।

बर्खाको बेला नेपालतर्फ नै पानी निकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको भएपनि अवरोध भएको हो । सडक ग्राभेल गर्न र कल्भर्ट बनाउन महानरले रु. १६ लाख बजेट विनियोजन गरेको थियो ।

बजेटबाट एक सय मिटर नाला निर्माण भएको छ । भारतीय पक्षले काम रोकेपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला अनुगमनका इस्लामपुर पुगेका छन् । समस्या समाधान गर्न प्रशासनले पहल थालेको बताइएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved