झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७र ७८ मा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ १ अर्ब ८१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८५ करोड रुपैयाँ , अन्तःशुल्कतर्फ ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ संकलन भएको बताए। अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ ।
अघिल्लो वर्ष कार्यालयले ३ अर्ब १ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।