एम्स एकेडेमीका स्काउट रोभर–रेञ्जर दिक्षित

  • साउन १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एम्स एकेडेमीका १६ जना नयाँ स्काउटहरुलाई रोभर रेञ्जरबाट दिक्षित गरिएको छ ।
एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षान्त समारोह आयोजना गरि १६ जना रोभर÷रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनाल, ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँवरले रोभर रेञ्जरहरुलाई दिक्षित गरेका थिए । उपप्रमुख भण्डारी धरान उपमहानगरपालिकाकी स्काउट प्रमुख पनि हुन् ।

एम्स एकेडेमी सुनसरीमै प्लस टु पढाई हुने शैक्षिक संस्थाहरुमध्ये स्काउटिङ क्रियाकलाप गर्ने एक मात्र संस्था हो । एकेडेमीका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार १६ जना छात्र (रोभर) र छात्रा (रेञ्जर) हरुलाई दिक्षित गरिएको हो । १६ बर्षदेखि २५ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई रोभर रेञ्जरमा समेटिएका हुन्छन् ।

एम्सका प्राचार्य मित्र तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले हरेक सरकारी विद्यालयहरुमा स्काउट शिक्षाबारे प्रशिक्षित दिने नीति उपमहानगरले लिएको र सोही अनुसार बजेट पनि छुट्याइएको बताइन् । उनले दिक्षित हुने रोभर रेञ्जरहरुले स्काउट शिक्षाबारे अरुलाई पनि ज्ञान बाँड्न आग्रह गरिन् ।

स्काउटका प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालले पनि सबै शैक्षिक संस्थाहरुमा स्काउटलाई पुर्याउनुपर्ने धारणा व्यक्त गरे । समाजमा फैलिएको नकरात्मकतालाई चिर्दै सुसँस्कृत समाज निर्माणमा लाग्न पनि उनले दिक्षित भएकाहरुलाई आग्रह गरे ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved