उच्च अदालतकी कर्मचारीको हत्या भएको पुष्टि

  • असार ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम/ सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ ।

अभियुक्तलाई सोमबारनै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको कोठाबाट बरामद गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखि उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत थिइन। अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष बयानमा बताएका छन् ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved