मुलबाटो कालोपत्रे नगरे सन्यास लिने इटहरी प्रमुखको घोषणा

  • असार ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनितिबाटै सन्यास लिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले घोषणा गरेका छन् ।

कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे भइसक्ने उनले दाबी गरे । उनले भने, ‘कार्यकाल भरिमा इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिनेछु ।’

वडा नम्बर २ को वडा कार्यालय भवन उदघाटन गर्दै प्रमुख चौधरीले बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिए । उनले भने, ‘केही योजना निर्माण भइसकेको छ । चालु आर्थिक बर्षमा ६० वटा योजना टेण्डर भइसकेको छ, इटहरीले पूर्वाधार निर्माणमा फडको मारेको छ ।’
प्रमुख चौधरीले इटहरीको वडा नम्बर २ को दुइ तले भवन उदघाटन गरेका हुन् । सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको हो । आधारभूत स्वास्थ्य इकाई भवन ४९ लाख ९७ हजारमा निर्माण सम्पन्न गरिएको हो । वडा नम्वर २ का वडाध्यक्ष हर्क मगरले वडालाई पारदर्शी बनाएको बताए ।

इटहरीकी उपमेयर लक्ष्मी गौतमले आफ्नो कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुने बताईन् । उपमेयर गौतमले वडा कार्यालय भवनहरुको निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन, वहुबर्षे योजना अन्र्तगत गाउँ गाउँका मूलवाटोहरु कालोपत्रे भएको बताइन् ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved