विराटनगर कांग्रेस नेतृत्वमा युवापंक्तिको दाबी

  • असार २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नेतृत्वमा युवापंक्तिका नेताले दाबी प्रस्तुत गरेका छन् । उनीहरुले चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । विगतमा पार्टीका विभिन्न संगठन बसेर सफल नेतृत्व प्रदान गरेका युवा नेताहरु महानगर सभापतिको दौडमा छन् ।

विराटनगरलाई राजनीतिक आन्दोलनको केन्द्र मान्ने गरिएकोले पनि यो पटक महानगरको नेतृत्वमा जान युवापंक्ति अग्रसर देखिएका छन । कांग्रेसको १४ औं महाधिवेशनको तयारी अनुसार साउन १६ गते महानगर समितिको नेतृत्व चयन हुन्छ । महानगरमा कांग्रेसका करिब ८ हजार क्रियाशील सदस्यहरुले प्रत्यक्ष निर्वाचन पद्धति मार्फत नेतृत्व चयन गर्नेछन् ।

यो पटक दीपक चापागार्इं, कृष्ण कार्की, अरुण न्यौपाने र सन्तोष न्यौपानेले सभापतिमा आफू उम्मेदवार रहने भन्ने घोषणा गरी चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसअघिको निर्वाचनमा भीम पराजुलीले चापागाईंलाई पराजित गरेका थिए । केन्द्रीय नेताहरु डा. शेखर कोइराला, महेश आचार्य र अमृत अर्यालको साथ अनि समर्थनमा उम्मेदवार बन्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो ढंगले प्रचार भने गरिरहेका छन् । तर, केन्द्रीय महाधिवेशनको गठजोडको टुंगो नलागे सम्म महानगर, जिल्ला तथा प्रदेश तहमा समेत प्यानल बन्न समय लाग्ने देखिएको छ ।

नेता चापागाईंले डा. शेखर कोइरालाको समर्थनमा उम्मेदवार बन्न लागेको बताउँदै युवा नेतृत्व र पार्टीलाई गतिशील बनाई विधि पद्धतिअनुसार चल्न आफू उम्मेदवार बन्ने बताए । उनले भने, “गतिशील नेतृत्वको र पार्टी चलायमान बनाउने मेरो उम्मेदवारी हुनेछ ।” न्यौपाने र कार्कीलाई केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य अमृत अर्यालको समर्थन लिएर उठ्ने दौडमा रहेका छन् । प्रत्यासी अरुण न्यौपाने कृष्ण सिटौला समूहको साथमा उठ्ने बताइए पनि यसबारे उनले खुलाएका छैनन । न्यौपानेले वर्तमान सभापति तथा विराटनगरका मेयर भीम पराजुलीले साथ समर्थन रहेको छ । न्यौपाने आफू महानगरको उपसभापति भई सफल कार्यकाल पूरा गरेकोले पनि सभापति पदमा उठ्ने तयारीमा लागेको बताउँछन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्की युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीलाई नविन ढंगले संचालन गर्ने क्षमता आफूमा रहेको बताउँदै भन्छन, “महानगर सभापतिको लागि मैले उम्मेदवारी दिने तयारी थालेको छु ।”

न्यौपानले नेपाल तरूण दल विराटनगरको नगर सभापति भई सफल नेतृत्व प्रदान गरेका छन् । चापागाईं लोकतान्त्रिक आन्दोलनमा सक्रिय नेता हुन । उनी ऐतिहासिक गुराँस पुस्तकालय बरगाछीका अध्यक्ष समेत हुन । सुशील कोइराला फाउण्डेसनमा पनि महासचिवको भुमिकामा सक्रिय छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved