धरान । राष्ट्रिय युवा संघ धरान नगर समितिले धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डेन्टल कलेजको परिशरमा वृक्षारोपण गरेको छ ।
संघको केन्द्रिय कार्यलयले घोषणा गरेको देश ब्यापी वृक्षरोपण कार्यक्रम अनुसार जिल्लाले बुधबार डेन्टल परिशरमा विभिन्न प्रजातीका ५ सय बिरुवा वृक्षारोपण गरेको अभियानको शुरुवात गरेको हो ।
संघका धरान अध्यक्ष भवानी दाहालले असार १७ गतेदेखि साउन ७ गतेसम्म देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम चल्ने बताए ।
संघले विद्युत प्राधिकरण कार्यालयको परिसरमा पनि फलफुलहरुको विरुवा रोपेको छ । अन्य स्थानमा पनि ३ साता सम्म वृक्षारोपण गरिने अध्यक्ष दाहालले जानकारी दिए ।
धरानको बाढीपहिरो जाने क्षेत्रहरुलाई केन्द्रीत गरेर ३ हजार विरुवा रोपिने अध्यक्ष दाहालले बताए । संघमार्फत धरानमा आएको १ हजार विरुवामा २ हजार थपेर वृक्षारोपण गरिने उनको बताए ।
सर्दु जलाधार क्षेत्रमा मात्रै पनि थप ३ हजार विरुवा रोपिने उनले जानकारी दिए ।
संघले धरान २० स्थित गोर्खा स्मृति पार्कमा, धरान १६ स्थित तारा सुब्बा स्मृति पार्क, धरान १३ स्थित वीपी पार्क, धरान ५ स्थित देउराली, विभिन्न मठमन्दिरहरुमा पनि वृहक्षारोपण गर्ने जनाएको छ ।
वृक्षारोपण कार्यक्रम शुभारम्भमा संघका केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बु प्रमुख अतिथि रहेका थिए । यस्तै, नेकपा एमालेका नेताहरु मुरारी सुवेदी, मोतिराज सुनुवार, विजय राई, कुन्ता शर्मा, नुलम राई, हर्कजंग एभेंग लगायत नगर समितिका नेताहरु सहित प्रतिष्ठानका पदाधिकारीहरुको रहेको थियो ।