बेलबारी / मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्रि हस्तान्तरण गरीएको हो ।
सो कार्यक्रम अन्तरगत वडा नम्बर ५मा धानवालि पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । उनका अनुसार धान वालिका लागि ३० विगाहा र तरकारी खेतिका लागि ३० बिगाहा जमिन छुट्याइएको छ ।
बगुर पकेट क्षेत्रमा १ सय वटा बगुरका माउ समेत बितरण गरीसकेको नगरपालिकाको कार्यालयले जनाएको छ । धान पकेटक क्षेत्रमा आवश्यक पर्ने सिचाइका लागि बोरिङ, कुटोकोदालो , विउ, किट्नासक औषधी, स्प्रेमेसिन, मल, धान काट्ने मेसिन, धान सुकाउनका लागि त्रिपाल,बोरा, जोख्नका लागि तराजु लागयतका सामाग्रि नगरपालिकाले पकेट क्षेत्रका किसानलाई बितरण गरेको छ ।
यस्तै तरकारी पकेट क्षेत्रका लागि मोटर तरकारी टिप्नका लागि क्यारेट,मल, विउ, किट्नाशक औषधी, ठेलागाढि लगायतका सामाग्री तरकारी पकेट क्षेत्रका किसानलाई बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
बगुर पकेट क्षेत्रका लागि १ सय वटा बगुरमा माउ बितरण गरीएको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बगुरको खोर बाट निस्कने फोहोरको ब्यबस्थापन गर्नका लागि पानि तथा पाइपको समेत ब्यबस्थापन गरीएको नगर प्रमुख सुवेदीले बताए ।
पकेट क्षेत्रलाई जोनका रुपमा विकास गरेर लैजाने नगर प्रमुख सुवेदीको भनाई रहेको छ । नगरपालिकाले एक वडा एक उत्पादनको निति लिएर कृषिलाई पहिलो प्राथमिकता दिएको नगर प्रमुख सुवेदीले बताए ।