लगातारको वर्षाले सुनसरीको दर्जनौ भु भाग जलमग्न , सप्तकोशिमा खतराको घण्टी ,२८ ढोका खोलीयो

  • असार १९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । तीन दिन देखि परेको लगातारको वर्षाले सुनसरीको दर्जनबढी बिकशित तथा ग्रामिण भेगहरू जलमग्न बनेका छन । सुनसरीको इटहरी , धरान , बराहक्षेत्र , इनरूवा , दुहबी ,सोनापुर , तरहरा , रामधुनी लगायतका शहरहरू वर्षाले डुबानमा परेका हुन । तिन दिन देखि परेको अविरल वर्षाका कारण स्थानीइय खोला नालाहरूमा पानीको बहाव नियन्त्रण बाहिर हुन पुग्दा अधिकांस भु भाग जलमग्न बनिन पुगेका हुन ।

वर्षाका कारण इटहरीको धेरै क्षेत्र अहिले डुबानमा परेको छ । ढल निकाश हुन नपाउँदा इटहरीको मुख्य राजमार्ग जलमग्न बनिनपुगेको छ भने टेंग्रा खोलामा आएको बाढिले हटीया लाइन , शैनिक चौक , भेटघाट मार्ग , बिराटनगर रोड र भित्रि मार्गहरू सबै डुबानमा परेका छन । त्यस्तै सुनसरीको बराहक्षेत्र अन्तरगत अधिकांस क्षेत्र वर्षाका कारण जलमग्न बनेका छन । भरौल , कालाबञ्जारमा स्थानीय पैनीमा पानीको बहाव सतहभन्दा उच्च बनेपछि निकास नपाउदा गाउ बस्ति र बजार हुदै बाहिरिएका छन ।

त्यस्तै वर्षाकै कारण सप्तकोशि किनारमा बसोबास गर्नेहरू प्रत्यक्ष प्रभावित बनेका छन । कोशी आसपासका गाउहरू समेत जलमग्न बनेका छन । सुनसरीको घुस्कि , लौकहि , नरसिंह , श्रीपुर लगायतका स्थानहरू शनिबार बिहानै देखि डुबानमा परेका छन ।

अविरल वर्षाका कारण स्थानीय खोला नालामा पानीको बहाव बढेर बाढिको स्वोरूप लिदै गाउ बस्ति र बजार पसेपनि अहिले सम्म मानविय क्षति भने नभएको जिल्ला प्रसाशन कार्यालय सुनसरिले जनाएको छ । अति बिकट तथा जोखिम युक्त स्थानहरूमा उद्धार टोलि पठाइसकेको र केहि ठाउहरूमा पठाउने तयारी भइररहेको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

यता लगातारको वर्षाले सप्तकोशिमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २२ हजार क्यूसेक नाघेको छ । बिहान ८ बजेको मापन अनुसार कोशिमा पानीको बहाब २ लाख २२ हजार ७७५ क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ। पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन्। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

itahari-flood

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved