हङकङबाट सयथान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो "बाँकी सयथान एयर कार्गोका लागि पर्खिदै"

  • असार १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपालका विकट गाँउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासंघले कोरोना संक्रमित गम्भिर विरामीहरुका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उदेश्यले महासंघले पहिलो चरणमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ ।

महासंघका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङकाअनुसार नेपालका कोरोना संक्रमणको दर र मृत्यु दरमा सोचेजति कमि नआएकाले महासंघले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनियाँ दुताबास र त्यहीँको गैरसरकारी संस्था सोअर्स एक्सन वीच समन्वय गरेर नेपालमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।

उनले भनिन्, ‘महासंघलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएकोमा सवै एकै पटक नेपाल पठाउने प्रयास गरेका थियौं तर एयर कार्गो समस्याले पहिलो चरणमा सयथानमात्र पठाउन सकिएको छ । नेपालमा छिटो भन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बांकी सयथान दुइतिन भित्रमा पठाउने छौं । नेपालबाट आउने जहाजको पर्खाइमा छौं ।’

हङकङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटिका उपाध्यक्ष समेत रहेकी गुरुङकाअनुसार नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यबस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरुको समन्वयमा भइरहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने हङकङको गैर सरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिदै उनले अर्को चरणमा १ लाख एन्टिजेन टेस्टिङ किट पठाउने तयारी पनि भइरहेको बताइन् ।

कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितीमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासंघले १० लिटर प्रति मिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सन्ट्रेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्था समेत महासंघ आफैले गरेको अध्यक्ष टंक रानाले बताए ।

IMG_7464

हङकङ नेपाली महासंघको पहलमा नेपाल पठाइएको सयथान अक्सिजन कन्सन्ट्रेटर । तस्वीर सौजन्यः रिता गुरुङ

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved