तस्करीको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • असार १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । अवैध रुपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको र तस्करीको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।
बराम चिनी सुनसरीको कप्तानगन्जका होलसेल कारोबारी अरविन यादवको भएको बताइएको छ । चिनीको मूल्य रु . २ लाख १० हजार भएको सशस्त्र प्रहरीको भनाई छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved