प्रदेश १ का सांसदको प्रश्न : भौतिक पूर्वाधार मन्त्रालयमा किन अबण्डा बजेट राखिएको हो ?

  • असार १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । बजेट विनियोजनको विषयमा असन्तुष्ट प्रदेश १ का सांसदले भौतिक पूर्वाधार मन्त्रालयतर्फका कार्यक्रम र त्यसमा विनियोजित अबण्डा रकमबारे गम्भीर प्रश्न उठाएका छन् । प्रदेशसभा बेठकमा आज बोल्ने सांसदले मन्त्रालयमा केन्द्रीत गरिएका कार्यक्रम र अबण्डा बजेटको विषयमा गम्भीर प्रश्न उठाएका हुन ।

नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले नीति तथा कार्यक्रमले दिएको प्राथमिकतामा राखेर बजेट नआएको बताए । भौतिक पूवार्धार मन्त्रालयको बजेट तथा विनियोजन हेर्दा गुट केन्द्रीत र दलाल केन्द्रीत भएको आरोप लगाए । विनियोजन र रातो किताबको तथ्यांक कुनै पनि मेल छैन । रु. १३ अर्ब कूलमध्ये खर्च गर्न सक्ने १२ अर्ब छ ।

पूँजीगत भनेको विकास बजेट हो तर भौतिकलाई १२ अर्ब हुँदा वित्तीय व्यवस्थासंग मेल नखाएको बताउँदै भने,“अख्तियारी दिएको भन्दा ३७ करोड बढी राखिएको छ । अख्तियारी प्राप्त भन्दा बढी बजेट राखिनु शंकास्पद छ । अबण्डा बजेट किन राखिएको हो ?” प्रतिपक्षी र गुटबाहिरका सांसदका निर्वाचन क्षेत्रका योजना अन्धाधुन्ध काटिएको बताउँदै उनले मन्त्री केन्द्रित निर्णय गर्न अबण्डा राखिएको जिकिर गरे । भने,“मुख्यमन्त्रीको जिल्लामा पनि अधिक बजेट राखिएको छ ।” आफ्नो निर्वाचन क्षेत्रका ४२ योजना भौतिक पूर्वाधार मन्त्रीले काटिदिएको खड्काले सुनाए ।

नेकपा माओवादी केन्द्रका सांसद नारायण मगरले उदयपुरमा धेरै दीर्घकालीन महत्वका योजनामा बजेट नछुट्याएको बताए । मगरले रातो किताबमा हेर्दा चाहिने धेरै योजनाहरु छुटेको र नदी नियन्त्रणको शीर्षकमा एउटा पनि कार्यक्रम नपारिएको बताए । “कसरी छु्ट्न गयो । रु. २ करोड ७५ लाख वहुवर्षीय योजनामा भुक्तानी बाँकी छ । तर, आगामी आर्थिक वर्षमा जम्मा ४ करोड बजेट छुट्याइएको छ,”उनले भने, “कसरी बाँकी सडकको काम अगाडि बढ्न सक्छ ?”

कांग्रेसका सांसद प्रताप प्रकाश हाङ्गामले आर्थिक मामिला मन्त्रीले आफ्नो क्षेत्रमा योजना केन्द्रीत गरेको तर ताप्लेजुङमा अति आवश्यक परेको ठाउँमा बजेट विनियोजन नगरेको आरोप लगाउँदै भने,“चाहिने ठाउँमा पनि बजेट नहाल्ने परिपाटीमा प्रदेश सरकार पनि गएको देखिएको छ ।”

एमालेका सांसद विमल कार्कीले विकासका योजनामा बजेटलाई निरन्तरता नदिएको बताए । उनले प्रदेशका मन्त्रीहरुबाट गरिएको योजनाका छनौट हेर्दा उदेक लागेर आएको सुनाए । भने,“धेरै योजनाहरु आफ्ना ठाउँमा केन्द्रिीत गर्ने परिपाटी देखिएको छ ।”

जसपाका सांसद जयराम यादवले बनाइएका कतिपय खानेपानीका संरचना चाहिने भन्दा पनि नचाहिने ठाउँमा बनेको बताउँदै भने,“चाहिने ठाउँमा सरकारले विकासका योजनाहरुलाई बजेट विनियोजन गर्नुपर्छ ।” उनले विकासमा समान वितरण हुनुपर्छ । कांग्रेस सांसद लीला सुब्बाले मन्त्रीका जिल्ला र निर्वाचन क्षेत्रमा मात्र कार्यक्रम अनि बजेट केन्द्रीत भएको बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved