मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

  • असार १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड ट्रेडले लकडाउन सहज भएसँगै प्रि–बजेट अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत मोटरहेडका बाइक नगदमा खरिद गर्दा १० हजार, फाइनान्समा ७ हजार र एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

नगद र फाइनान्समा खरिद गर्दा ग्राहकले आगामी वर्षको कर समेत छुट प्राप्त गर्ने र नगद फाइनान्स र एक्सचेन्ज जुनसुकै प्रकारले भए पनि बाइक खरिद गर्ने ग्राहकले कोभिड केयर गिफ्ट उपलब्ध गराइने एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

मोटरहेडको प्रि–बजेट अफर आगामी असार ३१ सम्म लागू हुनेछ । काठमाडौं उपत्यकाको धोविद्धाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत सो अफर प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

मोटरहेडको नयाँ एमएच १५०आर बाइक पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध हुने र यसको बुकिङ समेत खुलेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

एमालेको आर्थिक सुधार ...

धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अ ...

वराहक्षेत्र उप-मेयर ...

सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपा ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved