विराटनगरको बाल सुधार गृहबाट फरार थप तीन जना पक्राउ

  • असार १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको बाल सुधार गृहको तीन तल्लामाथिबाट हाम्फालेर फरार भएका चारै जना बालकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बाल बिज्याईं सम्बन्धी विभिन्न मुद्दामा अदालतबाट सजाय भई उनीहरु सुधार गृहमा रहँदै आएका थिए ।

शनिबार अपरान्ह प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं.–३ स्थितमा बालसुधार गृहको छतबाट हामफाली ४ जना बाल बिज्याईकर्ताहरू फरार भएका थिए । तीमध्ये एक जनालाई तत्कालै विराटनगर ३ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ ।

बाँकी तीन जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार बिहान विराटनगर महानगरपालिका वडा नं.–४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डिएसपी मन्जिल मुकारुङले उनीहरू सामान्य घाइते समेत रहेको देखिएकोले उपचारको लागि कोशी अस्पताल विराटनगर पठाई थप अनुसन्धान भईरहेको बताए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved