विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड

  • असार १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु.४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख र जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

यसैगरी पुूँजीगत खर्चमध्ये पूर्वाधार विकासमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपिँया बजेट विनियोजन गरिएको छ । उपमेयर कार्कीले भनिन्,“कोभिड महामारीका कारण उत्पन्न समस्यालाई समेत सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरु केन्द्रीत गरिएको छ ।”

बजेटमा वडास्तरीय आयोजनाहरुको लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिद गर्न १५ करोड विनियोजन भएको छ । विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सिंघिया तटमा सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, फ्लाइ ओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

त्रि–वर्षीय मध्यकालिन खर्च संरचना अन्तर्गत आगामी तीन वर्षको खर्चको अनुमान समेत पेश भएको छ । आर्थिक वर्ष २०७९÷८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ ।

महानगरपालिकाले पछिल्लो चार वर्षको अवधिलाई पूर्वाधार निर्माणमा प्रगति भएको निक्र्योल निकालेको मेयर भीम पराजुलीले बताए का छन् । भने,“पूर्वाधार विकासमा महानगरभित्र भएको प्रगतिको प्रभाव सकारात्मक देखिएको छ ।” दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न हुँदा महानगरभित्र ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको जनाइउको छ ।

अघिल्लो आर्थिक वर्ष महानगरले ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेको थियो । तर, १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी भएको छ । यो अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान थियो । तर, ८८ करोड मात्र खर्च गर्न सकेको छ । महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भएपनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख आम्दानी गरेको छ ।

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved