वीपीमा प्रदेश एक मै पहिलो पटक कालो ढुस्सीको सफल शल्यक्रिया

  • असार ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कालो ढुस्सी संक्रमित भएका काठमाण्डौंका ६१ वर्षिय एक बिरामीको जटिल शल्यक्रिया सफलता पुर्वक सम्पन्न भइ डिस्चार्ज भएका छन् ।

नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा रहेको टिमले उनको सफल शल्यक्रिया गरेको हो । यस किसिमको शल्यक्रिया पुर्वाञ्चलमै पहिलो पटक भएको हो ।

कालो ढुस्सी संक्रमित वृद्धा गत जेठ १३ गते प्रतिष्ठानको नाक, कान तथा घाटी विभागमा आएका थिए । अनुहारको देब्रे पाटो सुन्निएको र दुखेको साथै देब्रे आखा पनि राते भएको समस्या लिएर उनी प्रतिष्ठान आएका थिए । ब्लड प्रेसर र सुगरको समेत बिरामी रहेको उनी प्रतिष्ठान आउनु १० दिन अघि कोभिड संक्रमणबाट निको भएका थिए ।

नाक, कान तथा घांटी रोग विशेषज्ञ डा. साहको नेतृत्वमा डा. राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्र प्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा. जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बी.क. कोटोलीले शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको हो ।

विरामीको जांच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडीको भागसम्म कालो भै पिप जमेको अवस्थामा पाइएको थियो । उनलाई वार्डमा भर्ना गरि जेठ १४ गते इमरजेन्सी इन्डोसकोपिक सर्जिकल डेब्रीडेमेन्ट विथ लेफ्ट टर्बिनेकटोमी एण्ड पोस्टेरियर सेप्टेक्टोमि गरिएको थियो ।

शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको सो भागलाई निकाली ल्याब परिक्षण गर्न पठाइएको थियो । परिक्षणको रिपोर्टले कालो ढुस्सीको संक्रमण भएको पुष्टी गरेको थियो । उनलाई असार ४ गते डिस्चार्ज गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

कालो ढुस्सी घातक संक्रमण रहेकाले समयमा उपचार नपाए विरामीको प्राणै पनि जानसक्ने चिकित्सक बताउँछन् ।
कोभिडका विरामी निको भएर डिस्चार्ज भइसकेको १० देखि ५० दिनको भित्रमा यो संक्रमण देखिन नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साह बताउँछन् ।

उपचारको क्रममा विरामीलाई स्टेरोइड थेपारी दिइएको र अक्सिजनमा राखिएको छ भने यो रोग हुने धेरै सम्भावना रहने डा.साहले बताए । ‘कोभिड विरामी निको भएर डिस्चार्ज भइसकेकालाई यो समस्या देखिने उच्च सम्भावना हुन्छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved