कम्प्युटर व्यवसायीहरूलाई अति आवश्यकीय सुचिमा राख्न सरकारलाइ सुझाव

  • असार ६, २०७८
  • "तेजबहादुर बन "
alt

इटहरी । सरकारले कोरोना संक्रमणको कारण जारी गरेको निषेधाज्ञालाइ खुकुलो बनाउदै खाद्यान्न तथा ढुवानी र बिकाश निर्माणको सामग्रीहरूलाइ मात्र अति आवश्यकीय सुचिमा राखेको भन्दै कम्प्युटर ब्यवसायीहरूको छाता संगठन क्यान महासंघ सुनसरीले खेद प्रकट गरेको छ ।

अन्य ब्यवसायलाइ समय तोकेर सुचारू गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपनि आइटी क्षेत्र सँग जोडिएको कम्प्युटर ब्यवसायीहरूलाइ भने सरकारले नहेरेको क्यान महासंघ सुनसरीले जनाएको छ । सामाजिक, आर्थिक सबै क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको आइटी ब्यवसायलाइ सरकारले बिगत देखिनै नहेरेको क्यान महासंघ सुनसरीले आरोप लगाएको छ । महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले सरकार र स्थानीय जनता संग प्रत्यक्ष जोडिएको आइटी क्षेत्रलाइ सरकारले अति आवश्यकीय सुचिमा राखेर सेवा प्रवाह गराउनुपर्ने बताए ।

इमेल, इन्टरनेट लगायत कम्प्युटर सँग सम्बन्धित सम्पुर्ण सामग्रीहरूको कारोबार गर्ने आइटी क्षेत्रलाइ सधै बन्दको बन्द राखिरहँदा करोडौको क्षति बेहोर्नुपरेको अध्यक्ष बास्तोला बताउँछन । सुनसरीमा ९३ वटा कम्प्युटर ब्यवसायहरू रहेका छन्, जसमा ४१ वटा इटहरीमा सञ्चालन हुदै आएका छन ।

दोश्रो चरणको नयाँ भेरियण्ट सहित देखा परेका्े कोरोना संक्रमणका कारण करोडौ घाटा बेहोर्दै आएको कम्प्युटर ब्यवसायीहरूले सरकार समक्ष ब्यवसाय सुचारू गर्न नपाए पनि सर्भिस सेवालाइ खुल्ला राख्न दिनुपर्ने सुझाव दिएका छन । सरकारले अति आवश्यकीय बस्तुको सुचिमा नराखेपछि यस क्षेत्रका ब्यवसायीहरू रूस्ट देखिएका छन । बैंकको चर्काे ब्याज लिएर ब्यवसाय सुचारू गर्नु एउटा जोखिम त छदैछ त्यसमा पनि दिएको सेवालाइ प्रभावकारी बनाउन खोज्दा सरकार बाधक बनिदिदा झनै अफ्ठेरो स्थितिको सामना गर्नु परिरहेको अध्यक्ष बास्तोला बताउँछन ।

खरिद गरिएका सामग्रीहरू बिचमा खराबी आए त्यसको सर्भिस गर्न समेत सरकारले नदिएपछि सेवा प्रभावित बनिरहेको अध्यक्ष बास्तोलाको भनाई छ । इटहरीमा सञ्चालित कम्प्युटर व्यवसायहरू मध्ये पनि धेरै जसो आ आफ्नै घरबाट सञ्चालन हुदै आएका छन । घरबाट सञ्चालन भएका ब्यवसायीहरूलाइ कुनै समस्या छैन तर इटहरीको मुख्य चौकमा सटर भाडामा लिएर सञ्चालन भएका ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परेको अध्यक्ष बास्तोलाको भनाइ छ ।

इटहरीमै ११ वर्षदेखि कम्प्युटर ब्यवसाय गर्दै आएका ग्यापोवेयर कम्प्युटरका सञ्चालक खडग प्रसाद ओझा एउटै आर्थिक वर्षमा दुइ पटक सम्म कोरोना संक्रमणको कारण लकडाउनको मारमा पर्दा करीब २० लाखको क्षति बेहोर्नुपरेको सुनाउँछन । यो आर्थिक वर्ष ७७÷७८ मा मात्रै दुइ पटक लकडाउनको सामना गर्नुपर्दा ब्यापार घाटा उकालिएर ब्यवसायनै धरासयी बनिन पुगेको उनले सुनाए । सरकारले आइटी क्षेत्रलाइ राहतको प्याकेज ल्याउन नसकेपनि बैंकबाट लिएको रिणको ब्याज र घरभाडा मिनाहा गराइदिए ब्यवसायीहरूको लागि ठुलो राहत पुग्ने उनले बताए ।

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

साहित्य"बिहानी त हु ...

बाचुन्जेल जे जस्तो गरे पनि जिउदाको जन्ती मर्दाको मलामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved