कोरोना विरुद्धको खोपका भ्रमक प्रचार कम हुदै : खोप लगाउन सर्वसाधारण लगायत फ्रन्टलाइनमा काम गर्ने उत्साहित

  • असार ४, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ पछिल्लो समय कोरोनाको संक्रमणबाट बच्नका लागि सर्वसाधारण आफै सचेत भएको पाइएको छ ।

नेपालमा पनि दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि पहिलो चरणको भन्दा भयावह अवस्था सिर्जना हुन थालेसंगै सर्वसाधारण कोरोनाको जोखिमबाट बच्न आफै सचेत हुन थालेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमण कम भएसंगै प्रशासनले समेत निषेधाज्ञामा केही खुल्ला गरेको छ । विगतमा बजार पसल लगायत बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द थिए । तर अहिले विस्तारै बजार पसल खोल्न दिने, वैंक तथा वित्तीय संस्थाहरु समेत स्वास्थ्य सुरक्षा अपनाउदै खुल्न थालेसंगै सर्वसाधारण आफै सचेत हुन थालेका हुन् ।

धरान ३ का अनिल झाले कोरोना जोखिम कम गर्न सरकारले गरेको निषेधाज्ञाको पालनासंगै सर्वसाधारण समेत आफै सचेत हुनुपर्ने बताए । उनले सरकारले गरेको निषेधाज्ञाकै कारण कोरोना संक्रमित विरामीको संख्या घट्दै गएको बताउदै सर्वसाधारण यसमा अझ सचेत हुन सके कोरोना संक्रमण कम भएर जाने बताए ।

यस्तै भनाई धरान १६ की इन्द्रकला राइको समेत छ । बजार हिड्दा मास्क लगाउने, भीडभाडमा दूरी कायम गर्ने, सेनिटाइजर गर्ने, सावुनपानीले हात हुने जस्ता स्वास्थ्य सुरक्षाको मान्यतालाई ख्याल गर्न सके को्रोनाको जोखिम कम हुने बताउछिन् । उनले पछिल्लो समय कोरोना विरुद्धको खोपको भ्रम कम ह्ुदै गएको र खोपले कोरोना जोखिम कम हुने विश्वास सर्वसाधारणमा बढदै गएको बताइन् ।

यता धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशखाका प्रमुख उमेश मेहताले सर्वसाधारण सचेत भएकै कारण कोरोना संक्रमितको संख्या घट्दै गएको बताउछन् । उनले पछिल्लो समय सर्वसाधारण भीडभाडमा जादा सावधानी अपनाउनेदेखि लिएर खोपको सम्बन्धमा पनि सर्वसाधारण सकारात्मक बन्दै गएको बताए । उनले गत बर्षको कोरोना संक्रमणका समयमा भ्रमकै कारण खोप लगाउनेको संख्या न्यून भएपनि यसबर्ष भने यो भ्रम चिर्दै खोप लगाउदा जोखिम धेरै कम हुने बुझेर सर्वसाधारण खोप लगाउन लालायित भएको बताए ।

उहनका अनुसार अहिलेसमममा धरान उपमहानगरपालिकामा भारतबाट ल्याइएको कोभिशिल्ड तथा चाइनाबाट ल्याइएको ्भ्यारोसिल खोप लगाउनेको संख्या १० हजार पुगेको छ् । यसले पनि कोरोनाको जोखिमबाट बच्न सर्वसाधारण सचेत भएको पुष्टि गर्ने स्वास्थ्य महाशखा प्रमुख मेहताको बुझाई रहेको छ ।

यस्तै इटहरीमा पनि फ्रन्टलाइनमा काम गर्ने पत्रकार, नेपाली सेना तथा स्थानीय तहमा काम गर्ने कर्मचारीहरुलाई तार्गेट गरेर इटहरी अस्पतालको प्रांगरणमा मंगलबार र बुधबार दुई दिन खोप लगाउने कार्यक्रम सञ्चालन गरियो । खोप लगाउन नेपाल पत्रकार महासंघ सुनसरीले पनि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर जिल्ला जनस्वास्थ्य कार्यालयको रोवहरमा सुनसरीका सञ्चारकर्मीलाई खोप लगाइएको थियो ।

खोप लगाउन पुगेका धरानका अग्रज पत्रकार महेश श्रेष्ठले खोपप्रति जनमानसमा विस्तारै विश्वास बढ्दै गएको बताए । उनले खोप लगाउदा जनमानसमा आत्मिक शक्ति बढ्ने र खोप लगाउनेमा उच्च मनोबल बढ्ने तर्क दिए ।

यस्तो भनाई अग्रज पत्रकारमात्र हैन युवा जोशका साथ फिल्ड रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरुको समेत रहेको छ । हार्ट एफएम धरानका सञ्चारकर्र्म रमेश राईले अहिले पनि परीक्षणकै रुपमा रहेका भेरोसेल खोप लगाउदा आत्मविश्वासलाई दह्रिलो हुने तर्क राखे । उनले यसले आफ्नो र अन्य जनमानसको कोरोनाप्रतिको मनोविज्ञानलाई चिर्न पनि खोप लगाउन आएको बताए ।

पत्रकार श्रेष्ठ र राईमात्र हैन खोप लगाउन सुनसरीका २ सय ८८ जना सञ्चारकर्मीहरु समेत खोप लगाउन उत्साहित देखिन्थे । फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत खोप लगाइएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जोखिम मोलेर फिल्डमा खटिने सञ्चारकर्मीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरेको बताए । उनले पहिलो खोप सञ्चालनपछि २८ दिनभित्रमा अर्काे खोप लगाउनुपर्ने प्रावधान रहेको र दोस्रो खोपको लागि पनि महासंघले नै पहल गर्ने जानकारी दिए

खोपले के कस्तो काम गर्छ त्यो भविष्यकै गर्भमा रहेको छ तर खोप लगाएकाहरुमा मनोवैज्ञानिक रुपमा आत्मबल बलियो हुने देखेरै खोप लगाउन आउनेहरु बढ्न थालेका हुन् ।

IMG_20210616_143216 IMG_20210616_143323

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved