स्काउट वार्षिकोत्सवको अवसरमा विराटनगरमा विविध कार्यक्रम

  • असार ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाल स्काउटको ७० औं वार्षिक उत्सव विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ ।
विहीबार विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित बुद्धचौक, वडा नम्बर ३ र २ मा बालबालिका तथा स्थानीयलाई खाजा वितरण गरिएको छ ।

वडा नम्बर १ मा वडाअध्यक्ष उद्धव अर्यालले उद्घाटन गरेको कार्यक्रममा बिस्कुट बालबालिकालाई पाउरोटी र पिउने पानी वितरण गरियो । त्यहाँ एक सय पाँच जनालाई खाजा वितरण गरिएको स्काउट विराटनगर समितिका संयोजक दिवश राजवंशीले बताए । वडा नम्बर ३ मा वडाअध्यक्ष बिनोद बस्नेतले कार्यालय अगाडि खाजा वितरण गरेका थिए ।

यसैगरी वडा नम्बर २ को शंकरपुरमा पनि सामाजिक दूरी कायम गर्दै वडाअध्यक्ष कुमार पोखरेल कार्यक्रमको शुरुवात गरेका थिए । स्काउटको वार्षिकोत्सवको अवसरमा विराटनगरका १९ वटै वडामा कार्यक्रम गरिने र असार ५ गते दीप प्रज्वलन गरिने संयोजक राजवंशीको भनाई छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved