पेस्तोल सहित जनता समाजवादीका जिल्ला सदस्य पक्राउ

  • असार ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुर । अवैध हतियार सहित द्वन्दकालमा माओवादी लडाकु समेत रहेका जनता समाजवादी उदयपुरका जिल्ला सदस्य प्रशुराम चौधरी पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षिय चौधरीलाई अटोमेटिक मेड इन युएसए लेखिएको १ थान पेस्तोल सहित ९ एमएम लाग्ने ५ राउण्ड गोलि सहित उदयपुर जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको हो ।

चौधरीकी कान्छी श्रीमती श्याम कुमारी चौधरीको घरमा अवैध हतियार लुकाई राखेको भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । उनको साथबाट ८ ठेली चन्दा रसिद समेत फेला पारेको छ । अवैध चन्दा असुलीमा समेत सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ ।

उनी द्वन्दकालमा नेकपा माओवादीको लडाकु थिए भने द्वन्दकाल पश्चात नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा भातृ संगठन मजदुर संघको जिल्ला संयोजक समेत रहेको खुलेको छ । २०७७ माघ ४ गते जनता समाजवादी उदयपुरको जिल्ला कमिटी सदस्य लिएको परिचय पत्रबाट खुलेको छ ।

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

साहित्य"बिहानी त हु ...

बाचुन्जेल जे जस्तो गरे पनि जिउदाको जन्ती मर्दाको मलामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved