द आर्ट अफ लिभिङ धरानद्वारा ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग

  • जेठ ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने विपन्न परिवारलाई अन्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न बितरण गरीएको छ ।

संस्थाको धरानमा रहेको सुनसरी शाखाले सोमबार लकडाउनले प्रभावित बनेका धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक रोगजारी गर्ने ५८ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी संयोजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा ५२ हजार रकम बराबरको खाद्यान्न सहयोग गरेको छ । संस्थाकी संयोजक श्रेष्ठका अनुसार खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक केजी दाल, एक लिटर तेल, एक केजि न्युटेला र बिस्कुट प्रदान गरिएको छ ।

गत साल पनि संस्थाले कोरोना महामारिले गर्दा लकडाउन भए संगै सबै क्षेत्र पनि वन्द भए पछि खाद्यान्न प्रदान गरेको थियो । खाद्यान्न बितरणका लागी धरान ईङ्ग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी स्थानीय पत्रकार बिनोद दर्नाल लगायतले सहयोगी भुमिका खेलेका थिए ।

195414236_129726409230463_1957477769049173124_n 199008879_549998646365738_9206778720088767431_n 198069815_980075872731620_5892763889079742808_n

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved