मोरङ / मोरङका पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोना महामारीको समयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो ।
दोस्रो चरणको भेरीयन्टबाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानीयतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ ।
बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा क्रमशः ७ लाख ५० हजार सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ । सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु खरीद गरीने पालिकाहरुले जनाएका छन । हेफरले गरेको सहयोगले महामारीको समयमा जुद्धनका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।