प्रदेश १ सरकारले माग्यो, कोरोना खोप खरिद गर्ने अनुमति

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्ने अनुमति दिन संघीय सरकार समक्ष माग गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदको अनुमित दिन बुधबार आग्रह गरेकी हुन ।

संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने आवश्यक रहेको भन्दै राईले संघीय सरकारले प्रदेशहरुलाई खोपको प्रबन्ध गर्न अनुमति दिन माग गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्, “कोरोना संक्रमण नियन्त्रणका अचुक विधि भनेकै खोप हो, त्यसैले केन्द्रले प्रबन्ध गर्न नसक्ने हो भने प्रदेशलाई खरिदको अनुमति दिइयोस ।”

राईले कोरोनाको तेस्रो लहर शुरु हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरुले समेत चेतावनी दिईरहेको अवस्थामा अब पूर्व तयारी थाल्नुको विकल्प नभएको सुनाईन ।

उनले कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको र प्रदेशका दुर्गममा समेत कोरोना फैलिदै गएकाले नियन्त्रणमा थप चुनौती थपिएको बताउँदै भनिन्, “सरकारी अस्पतालहरुमा जनशक्तिको अभाव परिपूर्ति गर्न स्वास्थ्य मन्त्रालयको ध्यान दिन जरुरी छ ।”

राईले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा सरकार केन्द्रीत भएको छलफलमा बताइन ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गर्दै विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको पनि बताइन । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायत सहभागी थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved