इनरुवा । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो ।
टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका परिवार तथा आईसोलेसनमा रहेकाहरुसंग भेटेर अवस्थाको बारेमा जानकारी लिएको छ ।
टिमले राहत तथा प्रतिकार सम्बन्धि अभिलेखिकरण तथा प्रतिवेदनका लागि अनुगमन गरिएको र अनुगमनका क्रममा धेरै गुनासो नरहेको तर प्रभावकारी सेवा दिनुपर्ने र रोजीरोटी गुमेका विपन्न परिवारमा खाध्यान संकटको अवस्था आएको देखिएको जनाएको छ । टिमले सम्बन्धीत निकायलाई अवस्थाको बारेमा जानकारी दिई सुझाव दिएको र त्यसमा कार्यान्वयन गर्ने निकाय नगरपालिका, गाउँपालिकालाई ध्यान दिन आग्रह गरेको छ ।
अनुगमनमा सहभागी नईम अंसारीका अनुसार कोरोना पीडितको घर देखी निधन भएका परिवारसम्म र संक्रमितदेखी आईसोलेसनमा रहेकाहरुसम्मको अवस्थामा बुझ्ने र अध्ययन गर्ने काम भएको छ । सवालहरुलाई सम्बन्धित ठाउँमा जानकारी गराएको र बाकी सावालमा पनि सम्बन्धित निकायलाई ध्यानाक्रर्षण गराउने बताए ।
उनले इनरुवा अस्पतालमा रहेकाहरुदेखी भोक्राहाका संक्रमित र बराहक्षेत्रका पीडितहरुको कुरा प्रत्यक्ष रुपमा संकलन गरेको र सो विषयमा अनुगमन गर्ने साथीहरु सहित उत्तरदाताहरुले सकारात्मक रुपमा लिएको बताए । सरकारको पूर्व तयारी र स्थानीय तहहरुको पहल र प्रयासले संक्रमितहरुमा त्यती धेरै गुनासो नरहेको पाइएको अर्का सहभागि तथा अनुगमन कर्ता रविन घिमिरेले बताए।
उनले संक्रमति र मृतक भएका परिवारका सदस्यहरुलाई केही परे तत्काल कुनै बेला पनि समपर्क गर्नका लागि अनुरोध गर्दै फोन नम्बर समेत साटासाट गरेको र सहानुभुती प्रकट गर्ने काम पनि गरेको बताए। घिमिरेले महामारीका बेला सचेतनासगैं नागरिकलाई प्रोत्सहान र हौसला दिनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै अनुगमन गरेको बताए।
त्यसैगरी सप्तकोशी बहुमुखी क्याम्पस आईसोलेसन केन्द्रमा पनि टिमले अनुगमन गरेको छ ।