चुरे जोगाउने विषयबारे प्रदेश १ सरकारको धारणा आउनु पर्छ : सचेतक राई

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगागिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगागिटी बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसंगै यसको चौतर्फी विरोध भईरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकारले यस विषय गम्भीर नभएको बताए ।

भने,“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनास हुने प्रस्ताव ल्याएको छ । यसलाई स्विकार गर्न सकिदैन ।” चुरेको विषयमा प्रदेश २ सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको अवस्थामा प्रदेश १ सरकारको बाटो के हो भन्ने तय हुनुपर्ने बताए ।

“बजेट भाषणसंगै चुरे उत्खनन् गरी ढुंगागिटी बालुवा भारततर्फ निकासी गर्ने अनि व्यापार घाटा काम गर्ने कुरा आयो । त्यो घर डढाएर खरानी बेच्ने सपना देखेको जस्तै हो,” राईले भने,“सरकार यसको वहुआयामिक समस्या के हुन्छ भन्नेमा प्रस्ट छैन ।

चुरे दोहनले परेको प्रभावको म पनि एउटा पीडित छु । पहिले २५ फिटमा पानी आउँथ्यो आज ३ सय फिट खन्नुपर्ने अवस्था आएको छ । यसलाई नियन्त्रण र संरक्षण गर्नुपर्नेमा सरकारको बुद्धि आयोस ।” उनले यस विषयमा प्रदेश १ सरकारको धारणा के हो ? भन्दै प्रश्न गरे ।

राईले चुरे संरक्षण गर्ने अनि ढुंगागिटीको अवैध उत्खनन् र चोरी निकासी रोक्न साझा संकल्पको प्रस्ताव ल्याउन सरकार समक्ष माग प्रस्ताव गरे । भने,“मानवका सन्ततीको भविष्य जोगाउनु पर्छ । सरकारले नै यसमा काम गर्ने हो ।”

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved