काँकडभिट्टा–ईनरुवा रेलमार्ग बिस्तार : मुआब्जा बिवाद असार भित्रै टुंग्याउने

  • जेठ २५, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । प्रदेश एकको सुनसरी, मोरङ र झापा गरि तिन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यहि असार मसान्त भित्र टुंगिने भएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्त भित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका छन ।

स्थानीय संगै सरोकारवालाहरूले रेल मार्ग बिस्तारको काममा ढिलासुस्ति भएको र मुआब्जा नदिए सम्म काम अघि बढाउन नदिने भने पछि तिनै जिल्लाका प्रमुख जिल्ला प्रमुखहरूको भर्चुअल बैठकले आगामी असार मसान्त सम्ममा मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका हुन् ।

भर्चुअल बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आगामी वर्ष नै सकिने मुआब्जा बिवाद कोरोनाका कारण रोकिएको र यस वर्ष पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण काम स्थगित हुन पुगेको बताए ।

रेल आयोजना प्रमुख तथा जिल्ला मुआब्जा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तिम्सिनाले झापाका ६ पालिकाका १ हजार १ सय ६१ बिगाहा जग्गा रेल क्षेत्रमा पर्ने बताउदै यसको ब्यवस्थापनको लागि जग्गा सम्बन्धी उपसमिति बनाएर काम भईरहेको बताए । उनले जग्गाको मुल्यांकन झापा, मोरङ सुनसरी तीनै जिल्लामा एकै पटक गर्ने भनिए पनि मुल्यांकन हुन नसक्दा केही ढीला भएको पनि जानकारी गराए । झापामा भन्दा मोरङ र सुनसरीमा जग्गा मुआब्जा बिवाद चर्किएको र त्यताको समाधान हुन साथ काम अघि बढने उनले बताए ।

त्यस्तै भर्चुअल बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मोरङमा २ सय ३१ बिघा १० कट्ठा जमिन रेल क्षेत्रले ओगटेको र मुआब्जा बिवाद समाधान तर्फ अन्तिममा पुगेकोले साउनको पहिलो साताबाट काम सुरू गरिने बताए । त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि जिल्लामा जग्गा मुआब्जा बिवाद पहिले देखि नै कठिन भएपनि यस्लाइ सबै पक्ष बसेर समाधान गरिने र असार मसान्त भित्र काम अघि बढ्नेमा ढुक्क रहन सम्बन्धित पक्षलाइ सुझाएका छन ।

यता जिल्लामा देखिएका जग्गा मुआब्जा बिवाद टुंगोमा आए दुइ साता भित्र रोकिएका स्थानहरूमा डिमार्केशनको काम सक्ने रेल आयोजना कार्यालय दमकले जनाएको छ ।

रेल आयोजना कार्यालय दमकका योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले झापा र मोरङका केही ठाउहरूमा डिमार्केशनको काम हुन नसकेकोले ३ वटा टोली परिचालन गरेर कामलाई दुई हप्ता भित्रमा पूरा गर्ने बताएका छन । भण्डारीले योजना कार्यान्वयन गर्दा डुवान, बाढी समेतलाई मध्यनजर राख्दै योजनामा समाबेश गर्न रेल योजना कार्यालयले आबश्यकता अनुसार सर्वेक्षण गरेर काम अघि बढाउने प्रतिवद्धता जनाएका छन ।

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकडभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६ सय ७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।

रेल विभागका अनुसार काँकडभिट्टा–इनरुवा खण्डमा रेलमार्ग निर्माण गर्न झापामा ३ सय ३७ बिघा, मोरङमा २ सय ३१ बिघा १० कट्ठा र सुनसरीमा १ सय ४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण भएको जनाइएको छ ।

सुनसरीको इनरूवा देखि इटहरी र मोरङ हुदै झापाको काकडभित्ता सम्म करीब १ सय ६ किलोमिटर लामो रेल आयोजनाका लागि कुल अनुमानित खर्च ९० अर्ब गरिएको छ भने सरकारले अघिल्लो वर्ष नै ५ अर्ब बजेट बिनियोजन गरिसकेको छ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved