इटहरी / सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो ।
उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबाट सेवा पाउने जनाइएको छ । उक्त खोप सेवा आगामि जेष्ठ २५ गते देखि २७ गते सम्म ३ वटा खोप केन्द्रवाट प्रदान गरिने जनाइएको छ ।