वीपी सुधार्न नागरिक दबाव सञ्जालको एक हप्ते अल्टिमेटम

  • जेठ २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थाले पछि धरान नागरिक दबाब संजालले एक हप्ते अल्टिमेटम सहित अवश्था सुधार्न ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धराने नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दल, सामाजिक संघसंस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पुर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा संजाल गठन गरेको थियो ।

संजालले आज प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एकै मञ्चमा राखी प्रतिष्ठान सुधान गर्न ध्यानाकर्षण गराएको हो । धरान उपमहानगरपालिकाका मेयर सहित पुगेको संजालका प्रतिनिधीहरुले प्रतिष्ठान प्रतिको जनताको गुनासो बढ्दै गएकाले एक हप्ता भित्र सुधार गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिष्ठानमा आर्थिक अनियमितता, पदाधिकारीहरु बिचको द्वन्द, गुणस्तरहिन मेसिन, अव्यवस्थीत कोभिड अस्पताल लगायत अन्य विभागहरुलाई चुस्त बनाउन उनीहरुले माग गरेका छन् ।

उपचार सेवा सुविधा दिनुपर्ने संस्था आफैं भ्रष्टाचार, अनियमिता र अर्बौको बेरुजुको शिकार रहेको र भ्रष्टाचार, कमिसन, दलाली र विचौलियाको दबदबाले संस्था रुग्न बन्दै गएको सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माको भनाई छ ।

दबाव सञ्जालले तत्कालै सुधारका लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ । यस्तै, वर्तमान अवस्थाको चित्रण सहितको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरण, मेसिन मर्मत सम्भार गरी सुचारु हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन गर्दै सहज अक्सिजनको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।

उनले भने, सुधारका लागि एक हप्ताको अल्टिमेटम दिइएको छ, सुधार नभए अर्को चरणको कार्यक्रम ल्याइने छ, प्रतिष्ठान धरानबासीको हो भन्ने ध्येयले लागेका हौं ।’

छलफलमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले छलछाम नगरी काम गर्दै आएको बताउँदै अबका दिनमा केही कमी कमजोर भए सुधार्दै जाने प्रतिबद्धता जनाए ।

उनले भने, ‘हामीहरुले केही छलछाम गरेका छैनौं, सुधारका लागि तपाईहरु लाग्नुभएको छ, ‘मानिस हो, केही कमीकमजोरी हुन्छ, त्यसलाई सुधार्दै जानेछौं ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved