प्रदेश सांसदको कारको ठक्करबाट बटुवाको मृत्यु

  • जेठ २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाईते छन् ।

विराटनगरको एयरपोर्ट मोड स्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताईएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिएको थियो । लगत्तै मृत्यु भएको हो ।

घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्मीचरका मजदुर हुन् ।

ठक्कर दिने कार सांसद् कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतको दाबी छ । गाडीमा कार्कीसंगै अरु दुई युवती पनि रहेको बताईएको छ । घटनामा कारको अघिल्तिर पूर्णत क्षति पुगेको छ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved