धरान । प्रदेश नं १ को बर्खे अधिवेशन आगामी जेठ २४ गते बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ ।
बिहिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक पछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजबसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।